स्वदेशी लघुवित्तले बाड्यो बिस्थापित परिवारलाइ राहत

इटहरी १९ भदौ । गत श्रावण महिनामा आएको बाढिका कारण बिस्थापित बनेका दर्जनौ परिवारलाइ इटहरीमा रहेको स्वदेशी लघुबित्त बित्तिय सस्थाले ५ लाख बढिको राहत बितरण गरेको छ । ग्त २८ र २९ गते आएका बाढिका कारण बिस्थापित भएका सुनसरी,मोरगं र झापाका बिस्थापित मध्ये २ सय ४० परिवारलाइ उक्त राहत प्रदान गरेको संस्थाका कार्यकारी प्रमुख श्री पुन्य प्रसाद खनियाले बताए ।

लघुवित्तले झापा, मोरङ र सुनसरी जिल्लामा बाढीले पु¥याएको स्थानको कार्यकारी प्रमुख लगायत संस्थामा आवद्ध कर्मचारी बाट अवलोकन गरी बाढीबाट प्रभावित विपन्न तथा गरीव परिवारको घर दैलोमा पुगि तथ्याङ्क संकलन गरी विशाल ग्रुप फाउन्डेसन, स्वदेशी लघुवित्त, यस संस्थामा कार्यरत कर्मचारीे परिवार, याक एण्ड एति फ्रेण्डस ग्रुप समेतको सौजन्यमा उक्त राहत प्रदान गरेको बताइएको छ ।


बिस्थापितहरु मध्ये पनि बढि क्षति भएका घरहरुलाई संकलित तथ्यांकका आधारमा दाल, चामल, चिउरा, नमकिन, बाल्टीन, झुल, कपडाहरु लगायतका सामाग्रिहरु बाडिएको प्रमुख आनियाले बताए । २०७१ सालमा स्थापना भइ ४२ ओटा जिल्लाहरुमा आफनो शाखा कार्यालय बिस्तार गरेको यस लघुबित्तले यस अघि पनि बिभिन्न सामाजिक कामहरुमा सक्रिय पुर्बक सहभागिता जनाउदै आएको छ ।

तपाईको प्रतिक्रिया