स्थानीय तहमा बैँक पुगेपनि खाता सरेन, सेवाग्रहि मार्कामा

सोलुखुम्बु जिल्लाका हरेक स्थानीय तहमा बैंकको पहुच पुगेपनि बैंकिङ कारोबार भने हुन सकेको छैन । बैंकको साखा विस्तार भईसकेपनि स्थानीय तहका नागरिकले रकम बचत जस्ता सामान्य कारोबारको मात्र सेवा उपभोग गर्न पाएका छन् । भुकम्प पुननिर्माण किस्ता निकाल्न, कतै रकम पठाउन लगायतका कारोबारका लागि सदरमुकाम सल्लेरी नै धाउनु परेको छ ।

राष्ट्रिय बाणिज्य बैँक मार्फत गर्दै आईएको कारोबार सार्नुपर्ने भएकाले ढिला भएको छ । स्थानीय तहले खाता खोलेको चिठ्ठी कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनु पर्ने र कोलेनिकाबाट पुरानो खाता भएको बैंकलाई खाता सार्न निर्देशन दिईसकेपछि मात्र सम्पुर्ण कारोबार स्थानीयमा संचालनमा आएका बैँकबाट गर्न मिल्ने कोलेनिकाका लेखापाल सविन अधिकारीले जानकारी दिए ।

कालेनिकाबाट आधिकारिक पत्र आउनासाथ खाता सार्ने काम हुने राष्ट्रिय वाणिज्य बैंककी शाखा प्रवन्धक भावना फुयालले बताईन् । उनका अनुसार थुलुङ दुधकोसी र लिखुपिके गाँउपालिकाले स्थानीय तहको केन्द्रमा स्थापना भएका बैँक मार्फत कारोबार शुरु गरिसकेका छन् भने जिल्लाको माप्यदुधकोसी, खुम्बुपासाङल्हमु, महाकुलुङ, नेचासल्यान र सोताङ गाँउपालिकाले अझै पनि राष्ट्रिय बाणिज्य बैंक सल्लेरीबाट कारोबार गर्दै आएका छन् । स्थानीय तहको बैँकबाट खाता संचालनमा ल्याएर योजनाको निकासा लिन सहज हुने उपभोक्ता समितिका सदस्यहरुले बताएका छन् ।

Subscribe Purbeli TV

सामाजिक बिकृती, बिसङ्गती र अनियमितता बिरुद्ध कलम चलाउनुहुने नेपाली पूर्बेली न्युज सोलुखुम्बु सहकर्मी हुनुहुन्छ ।

राकेश नेपालीबाट थप

हाईड्रोपावरको डोजरमा आगजनी, नजिकै शंकास्पद वस्तु भेटियो

नौ वर्षदेखि नदीको पानी पिउन बाध्य ढेबुवाघाटका बासिन्दा

प्रहरी चौकी कब्जा गर्ने विप्लब माओबादीको प्रयास असफल

सवा ४ करोडको लागतमा नाम्चेमा पानीबाट घुम्ने माने, पर्यटकको ध्यान तान्ने आशा

दर्ता विना संचालनमा सल्लेरीका मासु पसल

गोक्यो तालमा ९ महिनाअघि डुबेका विद्यार्थी खोज्न टोली खटियो

सगरमाथा आरोहणका लागि सामाग्री ओसार्दै आरोही

खोटाङमा सत्र हजारले गरे स्वास्थ्य बिमा

छ जिल्लाका सांसदले बुझाए, साझा सरोकारका योजना

सोलुमा ‘डिस्टिलरी’ प्रयोगविहिन

तपाईको प्रतिक्रिया

Loading…