स्काईवर्थको नयाँ “राइस कुकर” अब बजारमा

काठमाडौं। नेपालको एक अग्रणी कम्पनी तथा नेपालका लागि स्काईवर्थ इलेक्ट्रोनिक्स्को आधिकारिक विक्रेता स्मार्ट एप्लाएनसेस्ले नेपाली बजारको आवश्यकतालाई मध्यनजर गर्दै नयाँ “स्काईवर्थ राइस कुकर” बजारमा ल्याएको छ । हाल बजारमा उक्त राइस कुकरका दुई मोडलहरु उपलब्ध छन् । दुई मोडलहरु मध्ये ९०० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो जसको क्षमता २.२ लिटर रहेको छ ।

त्यसैगरी मोडल १००० वाट पावर भएको २२०–२४० भोल्टको प्रोडक्ट हो जसको क्षमता ३.२ लिटर रहेको छ । दुवै प्रोडक्टहरु आकर्षक डिजाइनका साथै विभिन्न फिचर्सहरुका साथ बजारमा उपलब्ध छ, जस्तै कुकर वार्म प्रणाली, नन्–स्टिक एलुमिनियम इन्नर पट, एलुमिनियम हिटिङ्ग प्लेट तथा उच्च तापक्रमबाट सुरक्षा । उक्त दुई उत्पादनहरुले अब ग्राहकहरुलाई अभैm बढि विकल्पहरु तथा सुपथ मूल्यमा गुणस्तरीय र अन्तराष्ट्रिय स्तरका प्रोडक्टहरु प्रदान गर्ने कुरामा कम्पनी विश्वस्त छ ।

तपाईको प्रतिक्रिया

Loading...