सेन्ट्रल प्लाजा दोस्रो बर्षमा, भारी छुटको बर्षा

ईटहरी । सुनसरीको ईटहरी चौकमा रहेको सेन्ट्रल प्लाजा दोस्रो बर्षमा प्रबेश गरेको छ । सोही अबसरमा त्यहि सञ्चालित सिनेफ्क्लिक्सले भारी छुट प्रदान गरेको छ । कुनैपनि चलचित्रको एउटा टिकट, किटक्याट बार र पपकन मात्र १ सय ८५ रुपैयामा उपलब्ध गराउने सञ्चालक सिद्धार्थ श्रेष्ठले बताएका छन । चाडपर्व समेत नजिकिएको अबस्थामा यहि असोज ८ गते बार्षिकोत्सवका अबसरमा सो अफर लागु गरिएको हो ।

एक बर्ष अघि १५ करोडको लगानीमा निर्माण भएको सो होटलमा ३० वटा लक्जरी रुम र ३ वटा स्वीट रुम रहेको र थ्रि स्टार सरह सेवासुविधा रहेकाे श्रेष्ठ बताउँछन । १० तले प्लाजाको ६ देखि ९ तल्लामा श्रेष्ठ ईन्टरटेनमेन्टको नयाँ लगानीको होटल ‘वरन्डा’ सञ्चालनमा रहेको छ । श्रेष्ठका अनुसार यो होटलमा ३६ आकर्षित कोठाहरु छन । सबै कोठाबाट इटहरी शहरको दृश्य देख्न सकिने बरन्डाको बिशेषता हो । पहिलो पटक ईटहरीमा यति सुविधायुक्त सपिङ्ग मल खुलेको श्रेष्ठको दावी छ ।

सोही भवनमा श्रेष्ठ ईन्टरटेनमेन्ट एण्ड हस्पिटालिटीले सिनेमाहलसहितको आकर्षक सपिङ्ग मल ‘सेन्ट्रल प्लाजा’ संचालनमा ल्याएको छ । १० तले मलको ग्राउन्ड फ्लोरदेखि तेस्रो तल्लासम्म अन्तर्रा्ष्ट्रिय ब्रान्डका कपडाहरु छन भने चौथो तल्लामा गेमिङ्ग जोन र किड जोन रहेकाे छ । ‘सिनेफ्लिक्स मल्टिप्लेक्स’ यो भवनको पाँचौ तल्लामा रहेको छ । ईटहरीमा पहिलो पटक बनाइएको लक्जरी मल्टिप्लेक्समा दुई स्क्रिन छन् । २७० सीट क्षमताको उक्त मल्टिप्लेक्सको स्क्रिनमा पछिल्ला सबै हिन्दी, नेपाली र अङ्गग्रेजी सिनेमाहरु थ्रीडीमा हेर्न पाइने छ ।

तपाईको प्रतिक्रिया

Loading…