सेञ्चुरी बैंकको नक्कली सुन प्रकरणमा सिईओ तिमिल्सीनालाई किन उन्मुक्ती ?

काठमाण्डौ । गत हप्ता प्रहरीले धरानस्थित सेञ्चुरी बैंकको शाखा कार्यालयमा कीर्ते कागज बनाई करोडौँ रकम घोटाला गर्नेहरुलाई पक्राउ गर्यो । एक वर्षअघिदेखि उक्त बैंक घोटाला प्रकरण चर्चामा रहँदै आएको  भएपनि ति व्यक्तिहरुलाई बैकका प्रमुुख कार्यकारी अधिकृत अनुुजमणी तिमिल्सीना कै बिशेष संरक्षण रहेकाकारण उनीहरुलाई पक्राउ गरिएको थिएन ।

उक्त घटना प्रमुुख कार्यकारी तिमिल्सीनाले भित्र भित्रै मिलाउन खोजेका थिए । घटना नमिल्ने देखिएपछि दुुबै पक्षबिच बिवाद भयो र सिईओ तिमिल्सीना घोटालामा संलग्न व्यक्तिहरुलाई कारवाही नै गराउने पक्षमा उभिए । र सोही आधारमा सेञ्चुरी बैंक शाखा धरानले बैंक घोटालाका सम्बन्धमा दिएको लिखित उजुरीपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले छानबिन अगाडि बढाउन निर्देशन दिएलगत्तै धरान प्रहरीले घोटालामा संलग्नमध्ये तीनलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा बैंकका सुन जाँचकी पदमा कार्यरत कुमार श्रेष्ठ तथा ऋणी सञ्जयकुमार राई र विशन शाक्य रहेका थिए ।

यसमध्येका पात्र   जाँचकी श्रेष्ठ र सुन व्यापारी शाक्य संग पहिला देखि ने प्रमुुख कार्यकारी तिमिल्सीनाको बलियो सम्वन्ध रहेको थियो ।यो समुहले बैकका तत्कालीन प्रमुुख कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठबाट पदबाट हटेदेखि नै कमशल सुन धितोमा लिएर करोडौ रुपैयाँ कर्जा प्रवाह गर्दे आएको थियो । सेञ्चुरी बैकले हालसम्म सुन धितो लिएर प्रवाह गरेको कर्जामा पक्राउ परेका सुन जाँचकी श्रेष्ठले नै सुनको गुणस्तर चेक गर्ने गरेका थिए भने कर्जाको डिल पक्राउ परेका शाक्यले गर्ने गरेका थिए ।

यो समुहलाई पर्दा पछाडि बसेर सहयोग गर्ने व्यक्ति भनेका हालका प्रमुुख कार्यकारी अधिकृत तिमिल्सीना नै रहेका थिए । तिमिल्सीना कै छत्रछायाँमा यो समुहले कमसल सुन धितो लिएर करोडौ रुपैयाँ कर्जा प्रवाह गरिसकेकोा छ भने भने यसबावत सिईओ तिमिल्सीनाले पनि निकै नै ठुुलो आर्थिक लाभ लिएकाछन ।

अहिले कमसल सुन धितो लिएर झण्डै नौ करोड रुपैयाँ कर्जा दुुरुपयोग गरेको प्रकरणमा तीन व्यक्तिहरु पक्राउ परेपनि यसको मुख्य नाईके भने हालका प्रमुुख कार्यकारी तिमिल्सीना नै हुुन, स्रोतले भन्यो । पहिला सबैले मिलेर गरे अहिले अप्ठेरो हुुने देखि पछि बिवाद निकालेर तीन जना व्यक्तिलाई  पक्राउ गरियो, तिमल्सीना आफुु सोझो बनेर चोखिन खोजे स्रोतले भनेको छ ।

स्रोतका अनुसार पक्राउ परेका बिशन शाक्य सुन व्यापारी हुुन भने बैकका ठुला लगानीकर्ता मध्येका एक हुुन । उनी बैंकको सञ्चालक समितीमा नभएपनि समितीले गर्ने निती निर्माणको शाक्यको दवदवा रहेको छ ।

त्यही कारण पनि शाक्यले प्रमुख कार्यकारी तिमिल्सीना समेतको बिशेष संरक्षणमा नक्कली सुन धितो लिएर करोडौ रुपैयाँ कर्जा दुरुपयोग गर्न सफल भएका हुुन । बैंकका सञ्चालक समिती अध्यक्ष  राजकुमार श्रेष्ठ निकै भद्र र सोझो भएको र त्यही सोझो पनको फाईदा उठाएर प्रमुुख कार्यकारी तिमिल्सीना, शाक्य लगायतका व्यक्तिहरुले करोडौ रुपैयाँ दुुरुपयोग गरेको स्रोतको दावी छ ।

स्रोतका अनुसार तत्कालीन प्रमुुख कार्यकारी अधिकृत गणेश बहादुर श्रेष्ठ पदबाट हटेदेखि नै प्रमुुख कार्यकारी जिम्वेवारी पाएका  तिमिल्सीनाले बैकको स्रोत र साधनको चरम दुरुपयोग गर्दा बैकको बित्तीय अवस्था निकै नै कमजोर भईसकेको छ । सिईओ तिमिल्सीनाले बैंक भित्र गरेका पदीय दुरुपयोग घटनाहरुको खोजी गर्ने हाम्रो अभियान जारी छ । सेञ्चुरी बैंकको नक्कली सुन प्रकरणमा सिईओ तिमिल्सीनालाई किन उन्मुक्ती ? बैंकिङ् क्षेत्रमा चर्चा चलेको छ ।

 

तपाईको प्रतिक्रिया

Loading...