सुन चाँदीको भाउ घट्यो

काठमाडौँ / सुन चाँदीको कारोबारमा मूल्य घटेको छ । आईतवारको तुलनामा सुन प्रति तोला ५ सय रुपैयाँले घटेको छ भने चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ५९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ५ रुपैयाँमा करोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…