सुनको मूल्य स्थिर

काठमाडौँ / साताको दोस्रोदिन सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। आइतबार पनि ५८ हजार ७ सयमा प्रतितोला कारोबार भएको सुनको कारोबार आज पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार भने ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...