सुनको मूल्य बढ्यो

काठमाडौँ। बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिन तोलामा ३ सय रुपैयाँले बढेको सुन यस दिन २ सय रुपैयाँले महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ५४ हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यो मूल्य ५४ हजार १ सय थियो।

त्यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले महँगो भएको छ। अघिल्लो दिन ७ सय ८५ रुपैयाँमा कारोबार भएकोमा बुधबार ७ सय ९० रुपैयाँ रहेको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया

Loading...