सुनको मूल्य निरन्तर अाेरालाे लाग्दै, आजकाे मुल्य यस्ताे छ ?

काठमाडौं, भदौ २७ / नेपाली बजारमा सुनको मूल्य आज पनि थप तीन सय रुपैयाँ घटेको छ । आज सुन प्रतितोला ५६ हजार ९ सय रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि पाँच रुपैयाँले घटेर प्रतितोला सात सय ८० रुपैयाँ कायम भएको छ । हिजो चाँदी बजारमा सात सय ८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया