सुनको मूल्य ताेलामा एक हजारले घट्यो

काठमाडाै‌ / सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार चार सय र तेजावीको ७२ हजार एक सय रुपैयाँ तोकेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार चार सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो । शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर मूल्य आठ सय ८५ कायम भएको छ ।

हरितालिका तीज पर्व नजिकिए पनि सुनको बढ्दो मूल्यका कारण व्यापार ठप्प भएको व्यवसायीहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…