सुनको मूल्य घट्यो

काठमाडौं, भदौ २६ / बजारमा आज सुनको मूल्य थप तीन सय रुपैयाँ घटेको छ। आज सुन प्रतितोला ५७ हजार दुई रुपैयाँमा झरेको छ । हिजो सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading...