सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा, एकै दिनमा तोलाको एक हजार बढ्यो

काठमाडौँ / पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भई प्रतितोला रु ७३ हजार ५०० कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु ७२ हजार ५०० मा कारोवार भएको थियो । आइतबार सुन प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारका दरले वृद्धि भएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ७३ हजार २०० पुगेको छ । आइतबार तेजाबी सुन प्रतितोला रु ७२ हजार २०० मा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि बढेको छ । स्थानीय बजारमा चाँदीको मूल्य रु १० वृद्धि भई प्रतितोला रु ८६० पुगेको महासङ्घले जनाएको छ । आइतबार चाँदी प्रतितोला रु ८५० मा खरीदबिक्री भएको थियो ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुश्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading…