तेह्रथुम / प्रयाप्त पानी अभाबका कारण सिँचाईमा समस्या हुनु सामान्य कुरा नै हो किसानहरुलाई । तेह्रथुमको सुख्खाग्रस्त क्षेत्रका किसानहरु त्यही समस्यालाई समाधानका निम्ती खेर गई रहेको बर्षादको पानी जोहो गर्दै आएका छन ।
सुख्खायाममा सिचाँई गर्न पानीको अभाब झेलिन्दै आएका किसानहरु पछिल्लो समय बर्षादको पानी जोहो गर्नमा लागी परेका छन । गाउँ गाउँमा प्लाष्टीक पोखरी निमार्ण गर्दै पानीको जोहो गर्दै आएका छन । खानेपानी सँगै सिचाँईका लागी पानी अभाबमा तरकारी तथा फलफुल खेती गर्न समस्या रहँदै आएका किसानहरु यतीबेला पानी जोहो गरी सुख्खायाममा सिँचाई गर्ने सोचमा जुटेका छन । गाउँ गाउँमा भएका पानीका मुहानहरु जलवायुँ परिर्वतनका कारण सुक्दै गए सँगै सिचाँई गर्न झनै चपेटामा परेका किसानहरु बिकल्पको खोजीमा लागेका हुन ।
५ बर्षअघी गाउँमा सिचाँई गर्न पानीको श्रोत नहुँदा स्थानीय बजारबाट दैनिक तरकारी फलफुल किनेरै खानु पर्ने अबश्था थियो छथर ५ का स्थानीयबासीहरुलाई । तरकारी किनेरै खाँदै आएका नोचन्द्र पौडेल यतीबेला तरकारी फलफुल बेचेरै राम्रो आम्दानी लिँदै आएका छन । सिचाँईका लागी पानीको श्रोत नभएका पौडेल पानी पर्नका साथ पोखरीमा पानी जोहो गर्न पुग्छन् । २ बर्षअघी उनले निमार्ण गरेको पोखरीमा जोहो गरेको पानीले करेसाबारीमा तरकारी तथा फलफुल खेतीमा सिचाँई गर्दै आएका छन । बिषेशगरी सुख्खग्रस्त क्षेत्रका लागी प्लाष्टीक पोखरी प्रभाबकारी पानी जोहो गर्ने माध्यम बनेको छ ।
किसानहरुको समस्यालाई समाधान गर्ने उदेश्यका साथ आर्थीक बर्ष २०७४÷७५बाट छथर गाउँपालिकाले १ सय बढी किसानलाई प्रदान गरेको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताए ।
उनका अनुसार गाउँपालिकामा कृषी पेशाबाटै जीविका चलाउँदै आएका किसानहरुलाई सिचाँई गर्नका निम्ती राहात मिलोस भन्ने उदेश्यका साथ यस्तो कार्यक्रम अघी सारीएको बताउँछन । तरकारी किनी खाने यहाँका किसानहरु तरकारी बिक्री गर्दै आम्दानी लिन थालेका छन । जिल्लाकै सुख्खाग्रस्त क्षेत्र भएको गाउँपालिकाले यहाँका समस्यलाई समाधानका निम्ती योजना निमार्ण भई रहेको गाउँपालिकाले जनाएको छ ।
छथर कृषी क्षेत्रबाटै समृद्ध गाउँपालिकाको रुपमा बिकास गर्नका निम्ती बिभीन्न कार्यक्रमहरु सुरु गर्दै आएको छ । सुख्खाग्रस्त क्षेत्रहरुका फलफुलको बिरुवा बितरण सँगै प्लाष्टिक पोखरीहरु अनुदानमा प्रदान गर्दै आएको छ । खानेपानी सँगै सिँचाईमा पानी नहुँदा समस्या भोग्दै आएका यहाँका स्थानीयहरुको समस्या समाधानका निम्ती गतबर्ष बोरीङ प्रबिधीबाट पानी निकालेर सुख्खाग्रस्त क्षेत्रमा बितरण गरीएको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताए । खानेपानी अभाबका कारण घण्टौ बिताउँदै आएका यहाँका स्थानीयहरुको समस्या केहीहद सम्म भए पनी समाधान भएको स्थानीयहरुले बताएका छन ।
त्यस्तै जिल्लाको फेदाप गाउँपालिको ओयाक्जुङ यावाराका किसानहरु एक घर एक पोखरी अभीयानमा जुट्दै आएका छन । पोखरी निमार्ण सँगै तरकारीबालीका साथै फलफुल खेतीमा सहजता मिलेको स्थानीय धन कुमारी ढकालले बताईन । घरघरमा पोखरी छन । सिँचाईका लागी समस्या छैन । खानेपानीबाट बचेको पानी पोखरीमा जोहो गर्छाै उनले बताईन । पछील्लो समय जिल्लाको ग्रामिण क्षेत्रका किसानहरु प्लाष्टीक पोखरी निमार्ण गरी सिचाँई गर्दै आम्दानी लिन थालेका छन । पोखरी निमार्ण सँगै किसानहरुलाई ब्याबशाय गर्नमा राहात बन्न थालेको छ ।