सनराईज बैंक झुम्का शाखाद्धारा दुर्घटना विमा रकम वितरण

झुम्का / रामधुनीको झुम्का बजारमा रहेको सनराईज बैङक शाखाले आफना ग्राहकलाई दुर्घटना विमाको रकम मंगलबार वितरण गरेको छ । गत बर्ष दुर्घटनामा परी ज्यान गुमाएका सुनसरी मधेशाका नैनाबहादुर बन्जराको परिवार लाई ४ लाख १५ हजार १ सय ४४ रुपैया सनराईज बैङकका प्रदेश १ का प्रमुख विवेक निरौलाले वितरण गरेका छन । बैङकले आफना ग्राहकलाई उक्त विमा रकम वितरण गरेको हो ।

ज्यान गुमाएका नैनाबहादुर बन्जराको श्रीमती सरस्वती बन्जरा र रमा बन्जरालाई उक्त रकम वितरण गरेको झुम्का शाखा प्रमुख द्धर्णबहादुर घिमिरेले जानकारी दिएका छन । सनराईज बैङकले नेपाल भरीका आफना शाखाहरुबाट दुर्घटना विमामा ग्राहकको मौज्दात रकम अनुसार चार गुणा वा ५ लाख सम्म र स्वास्थ्य विमा तर्फ मौज्दात रकम अनुसारको २५ प्रतिशत रकम सम्म सुविधा दिने गरेको शाखा प्रमुख घिमिरे बताएका हुन ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…