संजयलाइ  सामसुंग ग्यालेक्सी सी ९ प्रो  मोबाइल उपहार

काठमाण्डाै । बिस्व अल्ट्रा पर्वतारोही तथा धाबक संजय पण्डितलाई सुक्रबार सामसुंग नेपालको आधिकारिक बिक्रेता आइ एम एस ग्रुपले करिब ६० हजार नेपाली पर्नेग्यालेक्सी सी ९ प्रो मोबाइल उपहार स्वरूप  प्रदान गरेको छ | आइ एम एस ग्रुपका अध्यक्ष दिपक मलहोत्राले उक्त मोबाइल हस्त्रारन्तरण  गर्नु भएको  हो|

सगरमाथा ,मनास्लु सहित बिस्वका चर्चित ११ पर्बत  आरोहण गर्न सफल पण्डितले अफ्रीकाको सर्बोच्च  सिखर किलिमन्जारो र अस्ट्रेलियाको सर्बोच्च  सिखर कोजियस्को उल्टो पैदल हिडेर आरोहण गरि नेपालकै पहिलो उल्टो हिडेर हिमाल आरोहण गर्ने बिस्व पर्वतारोहिको कृतिमान कायम गरिसकेकाछन् | गत जनवरीमा  उनले अन्टारटिकाको सर्बोच्च  सिखर बिन्सोंन मसिफ र अर्को चर्चित पर्बत रजम्यान आरोहण गरेका थिए |

पण्डितले उक्तहिमाल आरोहण गर्दा सामसुंग मोबाइल  प्रयोग गरेका थिए | पण्डितलाइ आइ एम एस ग्रुपले अस्ट्रेलिया ,अमेरिका युरोप एबम न्टारटिकाको सर्बोच्च  सिखरआरोहणमा आर्थिक सहयोग गरेको थियो |ग्यालेक्सी सी ९ प्रो  गत हप्ता नेपालमा लन्च भएको थियो |

तपाईको प्रतिक्रिया

Loading…