वीरगन्ज भन्सारको राजश्वमा निरंतर गिरावट

वीरगन्ज / मुलुककै प्रमुख नाका वीरगन्ज भन्सार कार्यालयको राजश्व संकलनमा निरंतर गिरावट आइरहेको छ । विगत ६ महिना देखी यो भंसारले लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको भंसार कार्यालयको तथ्याङ्गले देखाउछ । भन्सार विभागले दिएको राजश्वको लक्ष्य पुरा गर्न मुलुककै प्रमुख भंसार निरंतर असफल हुनुको कारण खोज्ने बेला आएको छ । निरंतर असफल बन्दै आएको यो भंसार कार्यालयले चैत महिनामा भने लक्ष्यको झण्डै आधा राजश्व संकलन गरेको छ ।

चैत महिनाका लागि वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले १५ अर्ब ४४ करोड ४५ लाख २७ हजार लक्ष्य दिएकोमा लक्ष्य भन्दा ५ अर्ब ४३ करोड कम राजश्व संकलन गरेको छ । भंसार कार्यालयले लक्ष्यको ६४ प्रतिशत अर्थात १० अर्ब एक करोड तीन लाख मात्र संकलन गरेको जनाएको छ ।

चालु आर्थिक वर्षको पछिल्लो ६ महिना (कात्तिक देखि चैत सम्म) लगातार राजश्वको लक्ष्य पूरा गर्न असफल हुदै आएको वीरगन्ज भन्सार कार्यालयले गत फागुन महिनामा पनि लक्ष्य भन्दा तीन अर्ब १० करोड २५ लाख ९३ हजार कम (लक्ष्य भन्दा २० प्रतिशत कम) राजश्व संकलन गरेको थियो । भन्सार कार्यालयले गत फागुन महिनामा १२ अर्ब ३४ करोड १९ लाख ३४ हजार मात्र राजश्व उठाएको थियो । चालु आर्थिक वर्षको पछिल्लो ६ महिना लगातार लक्ष्य अनुसारको राजश्व उठाउन असफल भएका कारण त्यसको असर ९ महिनाको कुल राजश्व असुलीमा पनि परेको छ ।

वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले गत साउनदेखि गत चैतसम्म ६ महिनाका लागि एक अर्ब २३ अर्ब ५५ करोड ६२ लाख ११ हजारको लक्ष्य दिएको थियो । तर भन्सार कार्यालयले यो ९ महिनाको अवधीमा लक्ष्य भन्दा १४ अर्ब ४१ करोड ७५ लाख ९२ हजार हजार कम (लक्ष्य भन्दा १२ प्रतिशत कम) अर्थात कूल एक खर्ब ९ अर्ब १३ करोड ८६ लाख १९ हजार मात्र राजश्व उठाउन सकेको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…