विराट एक्स्पाे २०७६ हुने

१ अर्बकाे काराेवार , ३ लाख दर्शकले अवलाेकन गर्ने अपेक्षा

माेरङ / विराटनगरकाे शंकरपुर मार्गमा अागामी माघ २७ देखि फागुन ४ गते सम्म उद्योग संगठन माेरङकाे अायाेजनामा अन्तर्राष्ट्रिय स्तरकाे विराट एक्स्पाे २०७६ भव्य रुपमा हुने भएको छ । प्रदेश नं. १ काे अाैधाेगिक एंव व्यापारिक गतिविधि लाई चलायमान बनाई अार्थिक गतिविधि र विकासमा टेवा पु- याउन अायाेजना गर्न लागिएको विराट एक्स्पाेकाे सफलताले प्रदेशकै गाैरव र प्रतिष्ठा अभिवृद्धि गर्ने अपेक्षा राखिएकाे अायाेजकले उद्योग संगठन माेरङकाे सभाहलमा पत्रकार सम्मेलनकाे अायाेजना गरि जानकारी गराएकाे छ । अार्थिक विकासकाे मूल अाधार , उद्योग , पर्यटन , कृषि र व्यापार भन्ने नाराका साथमा संचालन हुने एक्स्पाेकाे सहयोगी संस्था माेरङ व्यापार संघ तथा सह अायाेजकमा नेपाल पर्यटन वाेर्ड र विराटनगर महानगरपालिका रहेको छ ।

अाैधाेगिक उत्पादन तथा वस्तुहरु, कृषि ,जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा , अटाेमाेबाईल्स तथा पार्टस , हस्तकलाका सामाग्रीहरु , विधुतिय सामाग्रीहरु, घरायसी सामाग्रीहरु, गार्मेट, खाद्य स्वास्थ्य , शिक्षा एंव बैंक तथा वितिय क्षेत्रका सेवा वारे जानकारी प्रदर्शनीमा हुने पुर्वान्चल ल्यव अायल प्रा .लि का प्रबन्ध निर्देशक तथा एक्स्पाेका संयाेजक भाेलेश्वर दुलालले जानकारी दिए । उनले स्वदेशी तथा विदेशी गरि ३ सय १५ भन्दा बढी स्टलहरु रहनुका साथै प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन बाल उद्यान , खानाका विभिन्न परिकार , सुचना प्रविधिकाे क्षेत्रमा भएका नयाँ उपलब्धिहरुकाे जानकारी , कृषिका उत्कृष्ट उत्पादनका साथै वस्तुहरुकाे अलग अलग पेभेलियन प्रदर्शनीकाे प्रमुख अाकर्षण रहने बताए ।

राष्ट्रिय उद्योग व्यवसाय तथा बहुराष्टिय कम्पनीहरु , कृषि तथा पर्यटन व्यवसायीहरु , शिक्षा ,स्वास्थ्य वैकिङ , हाेटल व्यवसायीहरु ,घरेलु तथा साना उद्योगहरुका साथै अन्तर्राष्ट्रिय स्तरमा भारत वंगलादेश , भुटान श्रीलंका , माल्दिस, पाकिस्तानका उद्योगी व्यवसायीहरुकाे सहभागि एक्स्पाेमा रहने अायाेजन उद्योग संगठन माेरङका अध्यक्ष भीम घिमिरेले बताए । उनले करिव ३ लाख दर्शकले अवलाेकन गर्ने अपेक्षा राखिएको ,जेष्ठ नागरिकका लागि प्रवेशमा नि: शुल्क विधार्थीका लागि छुटकाे व्यवस्था रहेकाे साथै स्वदेशी उत्पादनबाट अात्मानिर्भर बनाउन एक्स्पाेकाे महत्त्वपूर्ण भुमिका रहने भएकोले मेलामा करिव १ अर्वकाे काराेवार तथा १ कराेड खर्च लाग्ने अनुमान गरिएकाे जानकारी दिए ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका सुन्दरहरैचा सहकर्मी हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

पाथिभराकाे तेस्रो वार्षिक साधारण सभा सम्पन्न

विराट एक्स्पाे २०७६ हुने

सुन्दरहरैंचा आइडलको सेमिफाइनलमा छानिए १० प्रतिष्पर्धी

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

हाजिरीजवाफ प्रतियोगितामा स्कोलर्स होम प्रथम

सुन्दरहरैंचा राधाकृष्ण रथयात्रामा जे देखियाे… ( १९ तस्विरहरू)

बिराटचोकमा नयाँ कर नितिबारे अन्तरक्रिया

सुन्दरहरैचाको शुक्रबारेमा सिद्वार्थ गौतम बाल स्तम्भ

सुन्दरहरैंचामा विराट साहित्य समाजकाे साहित्यिक कार्यक्रम सम्पन्न

स्थानीय तहकाे निर्बाचन पश्चात सुन्दरहरैंचा नगरपालिकाका ७ महत्वपूर्ण कार्यहरु (तस्विरहरू सहित)

तपाईको प्रतिक्रिया

Loading…