विराटनगरस्थित होटल जेनियल बन्द

विराटनगर / विराटनगरको होटल जेनियल बन्द भएको छ । कोरोना महामारीका कारण विराटनगरकाे पहिलाे ठूलाे लगानीमा सञ्चालित होटल जेनियल बन्द भएको हो । हाेटल २२ वर्षयता सञ्चालनमा थियाे । तर कोरोना महामारीका कारण आर्थिक भार थपिएपछि सञ्चालक टिमले बन्द गर्ने निर्णय गरेको हो ।

‘कोरोना महामारीका कारण होटल बन्द गर्याै ।’ सञ्चालक हरिभक्त सिटौलाले भने ‘ कर्मचारीलाई पनि बिदा गरिसक्यौं ।’ होटल जेनियल ५ पुस २०५५ बाट सञ्चालनमा आएकाे थियो । स्वीमिङपुलसहितको होटल जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ मिटिङ हल २ वटा रेस्टुरेन्ट छन् ।

तपाईको प्रतिक्रिया

Loading…