विराटनगरकाे ५ ठाँउमा आकाशे पुल बन्दै

माेरङ / विराटनगर महानगरपालिकाले आगामी असार मसान्त भित्रमा कम्तीमा ४ वटा आकाशे पुल तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम सुरु गर्ने भएको छ । महानगरपालिकाका मेयर भीम पराजुलीले नगरक्षेत्रमा ४ वटा आकाशे पुलको आवश्यकता रहेको र असार मसान्त भित्रमा निर्माणको काम सुरु गर्ने बताए । साथै एउटा स्वागतद्वार बनाउने योजना रहेको जानकारी उनले दिए । उनका अनुसार दक्षिणतर्फ भारतीय सीमावर्ती क्षेत्र रानीमा आकाशे पुलसहितको आकर्षक स्वागतद्वार र उत्तरतर्फ बुढीगंगा गाउँपालिकाको सीमा क्षेत्रमा नयाँ स्वागतद्वार निर्माण गरिने छ ।

नयाँ योजनाका लागि डीपीआर तयार भइसकेको मेयर पराजुलीको भनाइ छ । आकाशे पुलका लागि ४ करोड खर्च लाग्ने अनुमान गरिएको छ । कलात्मक र आकर्षक स्वागतद्वारका लागि महानगरपालिकासहित, प्रदेश सरकार र उद्योग संगठन मोरङको आर्थिक सहयोग रहने जानकारी पराजुलीले दिए । बढ्दो जनघनत्व, सडक सञ्जाल र ट्राफिक समस्यालाई हल गर्ने उदेश्यले महानगरपालिकाले कञ्चनबारी चौक, बरगाछी, भट्टी मोड (घाँस चौक), बसपार्क क्षेत्र र रानी क्षेत्रमा वटा आकाशे पुलको आवश्यकता रहेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले जानकारी दिए । उनका अनुसार मुख्य ६ लेनको सडकमा आकाशे पुलको निर्माण हुनेछन् ।

आकाशे पुल निर्माणका लागि प्रदेशका मुख्य मन्त्री शेरधन राईले पनि जोड दिएका छन् । महानगरपालिका भित्र निर्माणाधीन सडक, ढल तथा नालाको निर्माणकार्य आउँदो असोज÷कात्तिक महिनाभित्र सम्पन्न गर्नुपर्ने महानगरपालिकालाई चुनौति रहेको छ । निर्माणका क्रममा नागरिकले व्यहोर्नु परेको असहजतालाई ध्यानमा राख्दै महानगरपालिकाले स्वास्थ्य क्षेत्र अस्पताल, सरकारी कार्यालय, विद्यालयलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

त्यसैगरि महानगरपालिकालाई समृद्ध बनाउनका लागि विज्ञहरुको टोलीले महानगरलाई बिराट राजाको दरबार, विद्युतीय शवदाह गृह, पार्क, सीप विकासका लागि भवन, सुकुम्बासीका लागि सिंघीया र केशलिया खोलानजिक जमिनसहितको करिब १२ सय वटा घर निर्माण गरिदिन सुझाव दिएको छ ।

Subscribe PURBELI TV

तपाईको प्रतिक्रिया

Loading…