विराटचोकमा मनकामना अटाे माेवायल्सकाे समुद् घाटन, बजाजकाे माेटरसाईकल विश्वकाे ७० देशमा बिक्री वितरण

मोरङको सुन्दरहरैंचा १० स्थित विराटचोकमा रहेकाे बजाज कम्पनी माेटरसाईकलकाे अाधिकारीक बिक्रेता मनकामना अटो मोवायल्सकाे समुद् घाटन समारोह भएको छ । विराटचाेककाे मुख्य बजारमा विगत वर्ष देखि संचालनमा अाएकाे साे मनकामना अटाे माेवायल्सकाे शुक्रबार विधिवत रुपमा समुद् घाटन भएको हाे । समुद् घाटन समारोहमा प्रमुख अतिथी प्रदेश सभा सदस्य राजकुमार अाेझा थिए । उनले कार्यक्रमकाे सम्बाेधन गर्दै अाफुले पनि बजाजकाे माेटरसाईकल शुरु देखि नै चढेको हुँदा गाडी राम्रो रहेको अनुभव सुनाए । उनले लगानी गरेर व्यापार व्यावसाय गर्नेहरुका लागि यस सुन्दरहरैचा क्षेत्र उपयुक्त रहेकाे जानकारी गराउँदै उद्योग धन्दा ,कलकारखाना ढुक्क भएर चलाउनु हाेस स्थानीय , प्रदेश र संघिय तिनै तहकाे सरकारले सुरक्षा दिने बताए ।

उनले समारोहमा अाफु मात्र राेजगार नभएर अरुलाई समेत राेजगारी दिन अावश्यक भएकोले यहाँकाे शान्ती सुरक्षा समेत राम्रो भएको हुँदा प्रदेशकाे राजधानीकाे हकदार विराटनगरमा रहेपनि कार्यपालिका तथा व्यवस्थापीका इटहरी तथा सुन्दरहरैंचामा रहने जानकारी गराए । उनले याे सुन्दरहरैचा समान्य ठाउँ हाेइन बन्द निशेधीत शहरका साथै राम्रो र उपयुुक्त सम्भावना बाेकेकाे नगर भएको बताए ।

मनकामना अटो मोवायल्सकाे समुद् घाटन समारोहमा हंशराज हुलास चन्द एण्ड कम्पनी प्रा.ली.काठमाडाैका जेनेरल मेनेजर युगेन गुरुङले बजाज कम्पनीकाे माेटरसाइकल नेपाल लगायत विश्वकाे ७० देशमा बिक्री वितरण हुने गरेको बताए । उनले मूलुककाे ७५ वटै जिल्ला लगायत विकट ठाउँमा समेत बजाजकाे माेटरसाईकल उपलब्ध रहेको जानकारी गराउँदै ग्राहकहरुले माेटरसाइकलकाे खरिद बिक्रीमा ठूला शहरहरुमा पाउँने सुविधा यहाँ पनि सरल रुपले पाउँने व्यवस्था रहेकाे बताए ।

कार्यक्रममा काेसीहरैंचा उवासका निवर्तमान अध्यक्ष गाेपालबहादुर थापा , महासचिव सन्ताेष वान्तवा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । समुद् घाटन समाराेहकाे अवसरमा नयाँ माेटरसाईकल खरिद गर्ने ग्राहकहरुलाई कम्पनीका प्रतिनिधी ,संचालन तथा अतिथीहरुबाट चाबी र माेवायल हस्तान्तरण गरिएको थियाे । अाैपचारिक रुपमा भएको समुद् घाटन कार्यक्रमकाे संचालन गणेशप्रसाद भट्टराईले गरेका थिए भने मनकामना अटाे माेवायल्सका संचालक डिल्लीप्रसाद ढकालबाट स्वागत मन्तव्य तथा लेखुप्रसाद ढकालकाे सभापतित्वमा कार्यक्रम भएको थियाे ।

तपाईको प्रतिक्रिया

Loading…