विराटचाेककाे यामाहा दयाराम अटो ट्रेडर्सकाे एक्सेन्जमा थप सुविधा ,

यामाहाकाे राइड अफ इभेन्ट

सुन्दरहरैंचा / विराटचाेकमा पाैष २० गते देखि ३ दिन सम्मका लागि दयाराम अटाे टेड्सले यामाहा कम्पनीकाे माेटरसाईकलकाे यामाहा एक्सेन्ज अफरमा कुनै पनि ब्राण्डको बाइक वा स्कुटरको प्रचलित बजार मुल्याङ्कन भन्दा थप १५ हजार बढीकाे सुविधा ग्राहकहरुलाई प्रदान गरेकाे छ । एक्सचेन्ज अफरमा नगद छुट ७ हजार, वितिय सुबिधा, फ्री बाइक कभर, हेल्मेट, ल्यापटप ब्याग, पन्जा आदि समेत आफ्ना ग्राहाकहरुकाे हितलाई ध्यानमा राखेर थप सुबिधा प्रदान गरिएको यमाहा कम्पनीकाे माेटरसाईकलकाे अधिकृत बिक्रेता दयाराम अटाे टे्डर्सका प्रबन्ध निर्देशक दयाराम खवासले बताए ।

जुनसुकै कम्पनीको मोटरसाइकल ल्याएर ग्राहकहरुले नयाँ मोटरसाईकल थप सुविधाका साथमा लैजाने व्यवस्था प्रदान गरिएकोले यामाहा मोटरसाईकलको राम्रो खरिद बिक्री तथा एक्चेन्ज गर्न सफल भएको खबासले जानकारी दिए ।

दयाराम अटाे टे्डर्समा पुरानो मोटरसाइकलको सर्वाेकृष्ट मुल्य,न्युनतम व्याजदरमा फाइनान्स लगायतकाे सुविधा समेत रहेको छ । यमाहा कम्पनीकाे माेटरसाइकलकाे प्रत्येक गाडी खरिदमा नगद छुटका साथमा विभिन्न समय तथा अफरहरुमा आकर्षक उपहारकाे समेत व्यवस्था रहेकाे कम्पनीले जनाएको छ । नेपाल अधिराज्य भरि यामाहा एमएडब्लुले राइड आउट नामक कार्यक्रम गरि आफ्ना ग्राहकहरुलाई राइड अफ इभेन्टमा समेत सहभागी गराउदै आएको छ

। अंग्रेजी नयाँ बर्षको अवसर संगै दयाराम अटाे टे्डर्सले यामाहा ब्राण्डकाे एफ जेड बाइक रोड शो गर्दै पुस महिनाकाे लागि पाएको छ । आफना ग्राहकलाई कार्यक्रमको बारेमा जानकरी दिदै ट्राफिक नियमलाई पालना गर्न, हेल्मेट प्रयोग गर्न, मादक पदार्थ सेवन गरि गाडी नकुदाउन, बिल बुल्क, लाईसेन्स अनिवार्य बोक्न र कसैलाई ओभर ट्याक नगर्न यामाहा एमएडब्लु इन्टरप्राईजेजका सेल्स आफिसर नबिन मानन्धरले सुझाब थिए । यामाहा कम्पनिले राइड अफ इभेन्ट प्रत्येक महिनामा आफ्ना नेपाल अधिराज्य भरिको आधिकारीक बिक्रेता केन्द्रबाट गर्ने जनाएको छ।

राइड अफ इभेन्टमा १८ जना ग्राहकले बिराटचाेकबाट लेटाङको भ्यु टावर सम्म पुगेका थिए । सो ठाउँमा आयोजना गरिएको कार्यक्रममा आफ्नो कम्पनिको बारेमा जानकारी दिदै ग्राहकसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा डोरी तान, घैला फोड कार्यक्रम गरि सहभागी सबैलाई कम्पनिकाे टि-सर्ट तथा मायाको चिनो समेत वितरण गरिएको दयाराम अटो ट्रेडर्सका प्रबन्ध निर्देशक खवासले जानकारी दिए । उनले यामाहा एक्चेन्ज अफरमा यस पटक ४७ जाना ग्राहकहरुलाई विशेष थप सुविधा प्रदान गरेर सबैकाे मन जित्न सफल भएको बताए । यामाहाकाे अाधिकारिक विक्रेता शाखा नेपालमा ८५ वटा रहेकाे तथा याे कम्पनीकाे माेटरसाइकल ५५ बर्ष अघि जापानबाट नेपाल भित्रीएकाे थियाे ।

तपाईको प्रतिक्रिया

Loading…