विद्यार्थी भ्रमण सम्बन्धि नयाँ अन्वेषण गर्दै कतार एयरवेज

 काठमाडौं / काठमाडौंका ठूला विद्यालयहरुले पाठ्यक्रमकै अंशका रुपमा विद्यार्थी भ्रमणमा लगानी गर्न थालेका छन् । सर्वाधिक प्रतिक्षारत बार्षिक अन्तरराष्ट्रिय भ्रमण कार्यक्रमका रुपमा आफ्ना विद्यार्थीहरुलाई अमेरिका भ्रमणमा लैजाँदा यूल्लेन्स स्कुलले हर्ष ब्यक्त गरे । यूलेन्स स्कूलमा अध्ययनरत ४२ हाई स्कूल विद्यार्थीहरु जुलाई २१ देखि अगष्ट ४ सम्म अमेरिका भ्रमणमा जाँदैछन् ।

भ्रमणमा रहेका विद्यार्थीले न्यू योर्क, ओरल्यान्डो, मियामी, वासिंटन डिसी लगायत स्थानको भ्रमण गर्नेछन् । यो भ्रमणको मुल उद्देश्य विद्यार्थीहरुलाई नासाको रकेट स्पेस कार्यक्रमबारे ज्ञान दिने तथा अमेरिकाका विभिन्न स्थानको भ्रमण गरी त्यहाँको संस्कृती जान्ने अवसर प्रदान गर्नु हो ।

विद्यार्थीहरुले नासा केन्नेडी स्पेस सेन्टर, स्मिथसोनियन म्यूजियम अफ नेशनल हिष्ट्रि, यूएन हेडक्वाट, वाल स्ट्रिट, म्याडम टूसाउड व्याक्स म्यूजिम लगायत स्थानको भ्रमण तथा अवालोकन गर्ने जानकारी दिइएको छ ।

तपाईको प्रतिक्रिया