वाह्रदशी उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की

बिर्तामोड / झापाको बाह्रदशीस्थित राजगढ बजारका ब्यवसायीहरुको हक हितमा काम गर्ने उद्धेश्यले बाह्रदशी उद्योग वाणिज्य संघको स्थापना गरिएको छ । यो उद्योग वाणिज्य संघ जिल्लाकै कान्छो हो । आठ नगरपालिका र तीन गाउँपालिका सहित जिल्ला उद्योग वाणिज्य संघ गरी झापामा अव जिल्लामा १२ वटा वाणिज्य संघ दर्ता भएका छन् ।

कान्छो उद्योग वाणिज्य संघको रुपमा दर्ता भएको संघको अध्यक्षमा खगेन्द्र वहादुर कार्की, उपाध्यक्षमा रानुका भूर्तेल, सचिवमा जय नारायण आचार्य, सह सचिवमा प्रकाश तामाङ र कोषाध्यक्षमा कृष्ण थापा रहनुभएको छ । समितिको सदस्यमा गोपि वास्तोला,सरुदिन मिया, टंक रसाइली,संजय साह, जयवहादुर वुढाथोकी, माहान्द्र प्रसाई, विजयप्रकाश अधिकारी, गायत्री साह, सुशीला राजवंशी, टोपेन्द्र राजवंशी, रमेश कुमार कानु र इन्द्रप्रसाद राजवंशी रहनुभएको छ ।

त्यस्तै लक्ष्मीप्रसाद न्यौपानेको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यमा खेमनाथ खरेल, विनोद साह, लोकनाथ संग्रौला, महावीर पोद्दार र एल्ठू राजवंशी रहनुभएको छ । संघको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ का अध्यक्ष नरेन्द्र खड्काले गाउँ–गाउँमा ब्यवसायीको हक हितका लागि यस्ता वाणिज्य संघ खोलिनु व्यवसायीका लागि सुखद कुरा भएको बताउनुभयो । उहाँले बाह्रदशीका व्यवसायीहरु एक भएर अघि बढ्नुले देशभरका ब्यवसायीहरुलाई पनि एक भएर अघि बढ्न सन्देश दिएको धारणा राख्नुभयो । अब सवै व्यवसायी एक हुन जरुरी छ अध्यक्ष खड्काले भन्नुभयो –‘झापाको दक्षिण क्षेत्रका ब्यवसायीहरुलाई यो उद्योग वाणिज्य संघले ठूलो राहत मिल्ने मैले विश्वास लिएको छु ।’

मुलुक संघीयतामा गएपनि अझै धेरै ब्यवसायीहरु उद्योग वाणिज्य संघका छातामुनि आइनसकेको भन्दै उहाँले अब गाउँ–गाउँमा वाणिज्य संघ खुल्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा प्रदेश–१ का सदस्य बलराम कार्कीले राजगढ पुरानो बजार भएपनि यहाँ धेरै समयपछि मात्रै उद्योग वाणिज्य संघको स्थापना भएको बताउनुभयो । राजगढका व्यवसायी एक भएर अघि वढेको खण्डमा राजगढको विकास दु्रत गतिमा हुने भन्दै छरिएर रहेका सवै व्यवसायीलाई एक ढिक्का हुन सुझाउनुभयो । अब राजगढका ब्यवसायीहरुको समस्या र यहाँको ब्यवसायको विषयले प्राथमिता पाउने छ कार्कीले भन्नुभयो –‘ यस्ता वाणिज्य संघहरुले ब्यवसायीहरुको समस्याको बारेमा निराकरण गर्दै व्यवसायिक हवका लागि सहयोग पु¥याउँछ ।’

त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले अब राजगढका ब्यवसायीहरु समस्याको पोको बोकेर बिर्तामोड धाउनुपर्ने बाध्यताको अन्तय भएको भन्दै सफलताको शुभकामना दिनुभयो । उहाँले ब्यवसायीको साझा समस्याका लागि देशभरका उद्योग वाणिज्य संघ एकभएर अघि बढ्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै बाह्रदशी उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र कार्कीले अब बाह्रदशीका सबै ब्यवसायीहरुलाई तालिम दिने, अन्य सीपहरुमा अब्बल बनाउने तथा ब्यवसायलाई चुस्तदुरुस्त बनाउन वाणिज्य संघले पहल गर्ने उद्घोष गर्नुभयो । कार्यक्रममा बाह्रदशीका गाउँपालिकाका २ नम्वर अध्यक्ष यादव मिश्र,संविधान सभा सदस्य हरि राजवंशी, राजगढ खानेपानीका अध्यक्ष तोयानाथ पोखरेल, मानव अधिकारकर्मी रवीना ढकाल, काँग्रेस नेता भगीरथ पोद्दार लगायतले राजगढको व्यवसाय प्रर्वद्धनमा सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । बाह्रदशी उद्योग वाणिज्य संघकी उपाध्यक्ष रेनुका भूर्तेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जय आचार्यले गर्नुभएको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…