वल्र्ड अफ वाफ्ल्सको स्वाद ईटहरीमा

ईटहरी । सुनसरीको ईटहरीमा पहिलोपटक वल्र्ड अफ वाफ्ल्सको स्वाद भित्रयाईएको छ । ईटहरीको सेन्ट्रल प्लाजाले सो स्वाद पुवमै पहिलोपटक भित्रयाएको हो । बेल्जियम, नेदरल्याण्ड लगायतका देशमा चर्चित र मीठो परिकार वाफल्स ईटहरीमा समेत उपलब्ध गराउन थालेको सेन्ट्रल प्लाजाका सञ्चालक सिद्धार्थ श्रेष्ठ बताउँछन । सो वाफल्स शप निकै व्यस्त समेत देखिन थालेको छ ।

केही बर्ष अघिमात्र नेपालमा वाफल्स शप शुरू भएको हो । जम्मा २५ वटा फ्लेभरको वाफल्स रहेको शपमा बेल्जियन, नेकेट न्युटेला र ट्रिपल चक्लेटको अत्यधिक माग हुने गरेको छ । ‘वाफल्समा युवाहरूको निकै आकर्षण छ । शुद्ध भेजमा उपलब्ध वाफल्स नयाँ स्वादका पारखीहरुका लागी ईटहरीमा भित्रयाईएको र सो स्वादमा आकर्षण समेत बढेको श्रेष्ठ बताउँछन ।

तपाईको प्रतिक्रिया

Loading…