लहान नगरपालिकाको बजेट पन्ध्र करोड

लहान / लहान नगरपालिकाले अगामी आर्थिक वर्र्ष २०७३÷७४ को लागि रु १५ करोड ६१ लाख ७८ हजारको बजेट प्रस्तावित गरेको छ । सोमबारको नवाै नगरपरिषद् बैठकमा नगरपालिकाका कार्यकारी अधिकृत महमद शेरे मुस्तफाले आन्तरिकतर्फ रु तीन करोड ३३ लाख ७८ हजार र बाह्यतर्फ रु १२ करोड २८ लाख प्रस्ताव गरिएको जानकारी दिनुभयो । व्ययतर्फ चालु खर्चमा रु छ करोड ८३ लाख २० हजार र पुँजीगततर्फ रु आठ करोड ७८ लाख ५८ हजारको खर्च प्रस्ताव गरिएको छ ।
lahan
यसैगरी सिरहाको गोलबजार नगरपालिकाको दोस्रो नगरपषिद्ले आर्थिक वर्ष २०७३÷७४ को लागि रु सात करोड ७२ लाख ७६ हजारको बजेट प्रस्तावित गरेको छ । कार्यकारी अधिकृत राजकुमार दासका अनुसार आन्तरिकतर्फ रु एक करोड नौ लाख ७५ हजार र बाह्यतर्फ रु छ करोड ६३ लाख एक हजार प्रस्ताव गरिएको छ ।

चालु आवमा आन्तरिक र बाह्यतर्फ रु छ करोड ४५ लाख आय प्रस्ताव गरिएकामा कार्यालय सञ्चालनमा बाधा भएको कारण रु छ करोड १४ लाख २६ हजार संशोधन प्रस्ताव गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…