लगानी गुमाउँदै चिया किसान

तेह्रथुम / झट्दै हेर्दा झाडी जंगल झै देखिन्छ जिल्लाको पश्चिमी क्षेत्रका किसानहरुले लगाएको चियाका बगानहरु । खेती लगाएको चार पाँच साल सम्म त चिया बगानको स्वरुप झै देखिने धेरै बगानहरु यतीबेला जंगल जस्तै देखिन्छन् ।

गाउँमा रोजगार नपाएकै कारण धेरै युबाहरु बिदेशीमुभीमा पुग्ने गरेका छन । युवाहरु बिदेशी भुमीमा रोजगारी गर्दै गर्दा नेपालको ग्रामिण क्षेत्रमा कामदारको अभाबहरु खड्कीने गरेको छ । नेपालमा युबाहरु रोजगार नपाएकै कारण बिदेशीभुमीमा पुग्नु परेको धेरै युवाहरु बताउँछन । ग्रामिण क्षेत्रमा करोडौ लगानी भएका चियाका बगानहरु कामदार अभाबकै कारण झाडी जंगलमा परिणत बन्न थालेका छन । चियाका बगानमात्र नभई गाउँका खेतीयोग्य जमिन यतीबेला कामदार अभाबकै कारण बाँझीदै गएका छन । जिल्लाको ग्रामिण क्षेत्रहरुमा लगाएका खेतीहरुमा कामदार अभाब बन्दै आएको छ ।

छथर गाउँपालिका २ का बिष्णु कुमार सिंहले चियाखेतीको अन्तराष्ट्रिय बजारको सम्भावन देखेर सुरु गरेका थिए । २०५५ सालदेखी खेती सुरु गरेका उनले अहिले सम्म ७ लाख रुपैया लगानी गरीसकेका छन । १२ रोपनी क्षेत्रफलमा लगाएको चियाखेतीबाट आम्दानी लिन सेकेका छैनन् । दक्ष मजदुर अभाबका साथै किसानहरुले उत्पादन गरेको हरियो चियापत्तीको बजार ब्याबश्थापन हुन नसक्क्दा आम्दानी लिन नसकेको उनको भनाई रहेको छ ।

उनी जस्तै नर बहादुर बस्नेतले २० रोपनी क्षेत्रफलमा चिया खेती गर्दै आएका छन । खेतीलाई बिस्तार गर्नेक्रममा उनको ५ लाख बढी लगानी भएको छ । चिया बगानमै रमाउने मनले सुरु गरेका बस्नेत यतीबेला बगान हेर्दै निराशा बन्दै आएका छन । सिंह र बस्नेत जस्तै जिल्लाका कैयौ किसानहरुको लागनी माटोमा मिल्दै आएको छ । लाखौ लगानी गरेको खेतीबाट आम्दानी लिन नसक्दा किसानको मन कुडिनु नौलो कुरा नै भएन । यहाँका किसानहरुले उत्पादन गरेको हरियो चियालाई बजार सम्म पुर्याउनका निम्ती कुलकुले चिया सहकारी संस्थाको सकृयतामा २० लाख लगानी ३ बर्ष अघी चिया प्रसोधन केन्द्र स्थापना गरेका थिए यहाँका चिया किसानहरुले ।

किसानहरुले सोचेजस्तो उद्योगमा गुणस्तरीय चिया उत्पादन हुन नसक्दा बजारीकरण नै समस्या भएको किसानहरुले बताउने गरेका छन । दक्ष कामदारका साथै साना प्रसोधन केन्द्रबाट गुणस्तरीय चिया उत्पादन गर्न नसक्दा किसानको समस्या ज्युँका तिउँ नै बनेको छ । किसानहरुको समस्यालाई समाधनका निम्ती स्थानीय स्तरमै गुणस्तरीय उद्योगको आश्यकता रहेको यहाँका किसानहरुले बताउने गरेका छन । टाढा रहेको उद्योगहरुमा निर्भर रहँदा समयमै रकम भुक्तानी नै नदिने गरेकाले किसानहरु झनै समस्यामा पर्दै आएका छन ।

चिया खेती गर्न बैकबाट लिएको रिण बर्षेनी ब्याजको भार खेप्दै आएका किसानहरुले अन्य आम्दानीबाटै तिर्दै आउनु पर्ने बाध्यता बन्दै आएको साङग्रेला बहुउदेश्य कृषी फारम प्राली तेह्रथुमका सिपेन्द्र निरौलाले बताए । राज्य दिने अनुदान सहजता बनाउनुका साथै बैकिङ रिण सेवामा निब्र्याजी लगानी गर्न सके मात्रै चिया बगानहरु फेरी फस्टाउन सक्ने निरौलाले बताए । बगान निमार्णका लागी डिपीआर बनाउन एग्रीकल्चर कन्सनटेन्सीहरुले अधिक दाम लिने गरेको गुनासो पोखे । बगानहरु झाडी जंगलमा परिणत हुँदै गर्दा यहाँका सयौ मजदुरहरुको रोजगारी गुमेको प्रालीका निरौलाले बताए । बगानहरुमा उत्पादन भएको हरियो चियापत्तीलाई बजारीकरणका लागी राज्यले ध्यान दिन नसके किसानहरुको लगानी माटोमा मिल्नुको बिकल्प नरहने यहाँका किसानहरुले बताउने गरेका छन ।

स्थानीय बजार अर्गानिक चियाको महत्वको बुझाई कमीका कारण ग्राहकहरुले उपयोग गर्ने गरेका छैनन । यहाँका स्थानीय बजारहरुमा सिटीसी चियाको प्रयोग बढ्दो रहेको छ । किसानहरुले अर्गानिक रुपमा उत्पादन गरेको तयारी चिया आफुले पिउन र पाहुनालाई कोशेली मात्रै बन्दै आएको किसानहरुको भनाई रहेको छ ।

सयौ रोपनीमा रहेको बगान छ काम गर्ने मजदुर छैनन् अन्नबाली भन्दा राम्रो आम्दानी लिने लक्ष्यका साथ चिया खेती सुरु गरेका किसानहरुको लागनी नै गुमी रहेको झमक लिम्बुले बताए । तिन दशक अघी यहाँका किसानहरुले ईलामको कन्यामबाट चियाको नर्सरी ल्याएर खेती सुरु गरेका थिए । यतीबेला चिया बगान झाडी जस्तै देखीन थालेको । दक्ष कामदार छ्रैनन् घरका जहान परिवारले बगान सम्हान गाह्रो भएको कुलकुले चिया सहकारी संस्था डुडिन्द्र कटुवाले बताए । राम्रो आम्दामीको श्रोतको रुपमा बिकास गर्ने उदेश्यका साथ किसानहरुले चिया खेतीलाई रोजेका हुन । सुरुमा आफुले खानको लागी मात्र राप्दै आएका किसानहरुले आम्दामीको राम्रो श्रोतको रुपमा लिन सकिने सम्भाबना देखे पछि खेतीलाई बिस्तार गरी बगान रुपमा खेती बिस्तार गरेका थिए । कामदार अभाब सँगै उद्योगहरुले समयमा नै भुक्तानी नदिनु,बजारको राम्रो ब्याबश्था नहुन,का साथै दक्ष कामदार नहुँदा जिल्लाको ग्रामिण क्षेत्रमा रहेका बगानहरु झाडी बन्दै गएको जिल्ला चिया सहकारी संघ तेह्रथुमका अध्यक्ष शंखर खनालले बताए ।

चिया प्राबिधीकका अनुसार १ रोपनी क्षेत्रफलमा ७ सय ८१ चियाको नर्सरी लगाउन सकिन्छ । प्राबिधीकहरुले जनाए अनुसार जिल्लामा १ लाख ९३ हजार ४ सय चियाको बोटहरु जंगलमा परिणत भएका छन । प्रतिबोट १ केजी उत्पादन लिन सकिने चिया किसानहरुले बताए अनुसार मात्रै भएपनी न्युनतम् मुल्य ४५ रुपैया प्रतिकिलो बिक्री हुँदा पनी बार्षिक तेह्रथुम जिल्लाका किसानहरुले मात्रै ४ करोडको हाराहारीमा लगानी गुमाउँदै आएका छन ।

चियाखेती ५ रोपनी देखी सयौ रोपनी क्षेत्रफलमा खेती गर्दै आएका छन । केही बर्ष यता कामदारको अभाबका कारण हरियो आफु खानका लागी मात्र बन्दै गएको कृषकहरुले बताउने गरेका छन । जिल्लामा ३ सय किसानले चिया खेती गर्दै आएका छन । जिल्लामा कृषकहरुले ३८ सय रोपनीमा खेती गर्दै आएका छन । कुल क्षेत्रफलको १४ सय रोपनी जमिनमा लागएको चिया बगान झाडी बन्दै गएको चिया तथा कफी बिकास बोर्ड तेह्रथुमले जनाएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…