लकडाउनमा पनि बेलबारीका कृषकलाई धानको विउ बितरण

बेलबारी / बेलबारी नगरपालिकाले लकडाउनको समयमा नै कृषकहरुलाई धानको विउ बितरण गरेको छ । कृषकहरुलाई ९ हजार ७ सय ४५ किलोग्राम धानको विउ ५० प्रतिशत अनुदानमा बितरण गरीएको मेयर ज्ञानेन्द्र सुवेदीले बताए । सुवेदीका अनुसार ४ सय कृषकलाई धानको विउ बितरण गरीएको छ । विउ बिजन अभाव भएकै कारणले कृषकले खेतवारी बाझै राख्नु नपरोस भनी बिउ बितरण गरीएको उनले बताए ।

राधा १२,साम्बा सब १,कान्छी मन्सुलि, सुख्खा ३ र स्वर्णसव १ प्रजातिका धानको विउ बितरण गरीएको नगरपालिकाका कृषि बिकास शाखाका प्रमुख बिनोद दाहालले बताए । तिन बर्ष सम्म अहिले बितरण गरेको धान बाट बिउ उत्पादन गर्न सकिने दाहालले बताए । उनका अनुसार खेतिमा आश्रीत हुने कृषकलाई मुल बिउ बितरण गरीएको हो ।

बिउ पाएपछि कृषक समेत खुसि भएका छन । समयमै बिउ प्राप्त भएकोले खेतिगर्न सहज हुने कृषक हरी कार्कीले बताए । एक वडा एक उत्पादनमा जोड दिएको नगरपालिकाले कृषिमा आतमनिर्भर बनाउन तरकारी, फलफुल, कृषि औजारहरु समेत बितरण गरेको नगरपालिकाको कार्यालयले जनाएको छ । नेपाल कृषि अनुसनधान परिषद तरहरा सुनसारी बाट बिउ ल्याएर बितरण गरेको हो ।

तपाईको प्रतिक्रिया

Loading…