राष्ट्र बैंकबाट साढे ६ अर्ब रकम बैंकहरुमा जाने

काठमाडौं। नेपाल राष्ट्र बैंकले झण्डै साढे ६ अर्ब रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा लगानीको रुपमा छाड्ने भएको छ। एक वर्षे मुद्दति खाताका रुपमा विभिन्न वाणिज्य, विकास तथा फाइनान्स कम्पनीहरुमा सो रकम लगानी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। एक सूचना जारी गर्दै उसले वाणिज्य बैंकहरुमा ५ अर्ब १८ करोड ४२ लाख, विकास बैंकहरुलाई ९७ करोड २० लाख र फाइनान्स कम्पनीहरुलाई ३२ करोड ४० लाख रुपैयाँ लगानी गर्ने जनाएको छ।

२०७३ पुस १ गतेदेखि २०७४ पुस १ गतेसम्म यो रकम बैंक तथा वित्तीय संस्थाहरुमा जानेछ। तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न बैंकहरुमा लगानी गर्ने वा विभिन्न माध्यमबाट खिच्ने काम गर्दछ।

तपाईको प्रतिक्रिया

Loading…