राजघाटको बजेट ३ करोड ९ लाख

मोरङ,२८ पुस । मोरङको राजघाट गाविसले आर्थिक बर्ष २०७३÷०७४ का लागि ३ करोड ९ लाख ६२ हजार २ सय ४१ रुपैंयाको संशोधित बजेट सार्बजनिक गरेको छ । यसअघि गाविसले १ करोड ७३ लाख ७४ हजार रुपैंयाको प्रस्तावित आय प्रस्तुत गरेकोमा सामाजिक सुरक्षा भत्ता र नेपाल सरकारको अनुदान थप भएपछि उक्त बजेट संसोधन सहित प्रस्तुत भएको हो । नेपाल सरकारको अनुदानमा ३१ लाख ५२ हजार र सामाजिक सुरक्षाभत्तामा १ करोड ७९ लाख ४ हजार रुपैंया बृद्धिभएपछि बजेटको अंक बढेको हो ।

राजघाट गाविसको सभाहलमा आज आयोजित कार्यक्रममा गाविस सचिब नबराज पराजुलीले उक्त बजेट सार्वजनिक गर्नुभएको हो । सचिब पराजुलीले आर्थिक बर्ष २०७२÷०७३ मा आयतर्फ कुल १ करोड ६२ लाख ७२ हजार ५ सय ८२ रुपैंया ५० पैसा र ब्ययतर्फ १ करोड ५७ लाख ३० हजार ३ सय ४१ रुपैंया रहेको जानकारी दिनुभयो । जसमा बैंकमा ५ लाख ९ हजार ७ सय २७ रुपैंया र नगद जिम्मा ३२ हजार ५ सय रुपैंया रहेको छ ।

प्रस्तुत बजेटमा आब ०७३÷०७४ मा संसोधित आयतर्फ घरजग्गाकर ७० हजार,मालपोत ६ लाख २० हजार, हाटकर १५ हजार,ब्यवसायिक कर ७० हजार संकलन उल्लेख छ । यस्तै,सिफारिस दस्तुर ९ लाख २० हजार,दण्डजरिवाना ३५ हजार,नेपाल सरकार अनुदान ७० लाख २ हजार,अन्य अनुदान १ लाख र सामाजिक सुरक्षावापत २ करोड १५ लाख ८८ हजार प्राप्त हुने कार्यक्रममा जानकारी गराईयो । गाविस सचिब पराजुलीको अध्यक्षतामा भएको बजेट सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका गाउँ सभापति बाबुराम बुढाथोकी,एमाले गाउँ अध्यक्ष कुलबहादुर कार्की,एमाओवादी गाउँ अध्यक्ष अमृत आङ्बोहाङ लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...