यस्ताे छ सामसङको दशैं योजना

काठमाडौं, श्रावण १२ / सामसङ इलेक्ट्रोनिक्सले हालै उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग भन्ने योजना प्रस्तुत गरेको छ ।  विभिन्न कारणले गर्दा बिदेशमा रहेका व्यक्ति दशैंजस्तो महान् पर्वमा स्वदेशआई आफ्नो परिवारसँग दशैं मनाउन पाउनुहुन्न भन्ने विचार गरी लामो समयसम्म आफन्तसँग दशैं मनाउन नपाउनुभएका आफन्त स्वयं नै बिदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरिएको हो । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ ।

प्रस्तुत योजनामा सहभागी हुन, योजना अवधिभर सामसङ आउटलेटहरुबाट कुनै पनि सामसङ स्मार्ट फोन खरिद गर्नु पर्नेछ । आफूले खरिद गरेकै आउटलेटबाट फारम लिनु पर्ने छ र त्यो फारममा आवश्यक विवरण भरी “बिदेशमा कसलाई र किन भेट्न चाहनुहुन्छ” भन्ने आफ्नो मनको भावना पोखी आफ्नो कथा लेख्नुपर्दछ कथा लेख्दा दिइएको स्थानमा नअटाएमा अतिरिक्त १ पाना पनि थप्न सकिने छ । यसरी आवश्यक विवरण र कथा लेखिसकेपछि योजना अवधि भित्र सोही स्थानमा राखिएको ड्रपबक्समा खसाल्नु पर्ने जनाइएकाे छ ।


प्राप्त भएका कथाहरु मध्येबाट छनौट गरी उत्कृष्ट ५ कथाले पाउनेछन् ४ दिन ३ रातको : मलेसिया, कतार, साउदी अरेबिया, युएइ वा दक्षिण कोरियामा गई आफ्नासँग सँगै दशैं मनाउने अवसर । विजयीले आफूसँगै बिदेश यात्रामा परिवारका एक सदस्यलाई पनि लैजान पाउनुहुनेछ । योजना समाप्त भएको ७ दिन पछि अर्थात् भदौ ५ गते नजिता प्रकाशित गरिने छ । सहभागीहरुको कथालाई छनौट गर्ने जिम्मा विभिन्न क्षेत्रमा स्थापित भएका व्यक्तित्वहरुलाई दिइने छ र उक्त जुरीले छनौट गरेका कथाहरु नै अन्तिम हुने छन् ।

तपाईको प्रतिक्रिया

Loading...