यमाहाको नयाँ मोडल ले रे जेडआर ‘स्ट्रिट र्याली’ पाथिभरा अटो प्लाजा पथरीमा

पथरी / यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक डिलर पाथिभरा अटो प्लाजा पथरीले आकर्षक रे जेडआर स्कुटर सिरिजको नयाँ संस्करण ‘स्ट्रिट र्याली’ भित्राएको छ । ‘स्ट्रिट र्याली’ एडिसनको डिजाइन विश्वमै प्रतिष्ठित यामाहाको मोडेलहरुबाट प्रभावित छ ।

आज एक औपचारिक कार्यक्रमको आयोजना गरी सो नयाँ मोडलको स्कुटी लन्च गरिएको जानकारी दिइएको हो । साे स्कुटीको अनावरण गर्दै पथरी उद्योग बाणिज्य संघका अध्यक्ष एवं प्रमुख अतिथि दिपक बस्नेतले बजारमा आएको नयाँ मोडलको स्कुटीको सबै मिलेर बजारीकरण गर्नुपर्ने बताएका छन् । यसले प्रयोगकर्तामा थप उत्साह जगाउन सक्ने भन्दै संचालकलाई शुभकामना पनि दिएका छन् ।

‘यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’ एडिसन पावर र स्टाइलको उत्कृष्ट समिश्रण हो,’ पाथिभरा अटो प्लाजा पथरीका संचालक दिपेन खड्काले भने, ‘हामीलाई विश्वास छ अत्याधुनिक प्रविधि भएको स्टाइलिस स्ट्रिट र्याली स्कुटरले स्पोर्टी स्कुटर रुचाउने ग्राहकमा उत्साह थप्नेछ । यामाहा प्रतिको बढ्दो मोहलाई नयाँ स्कुटरले नयाँ उचाइमा पुर्याउने अपेक्षा हामीले गरेका छौं ।’

यामाहा रे जेडआर ‘स्ट्रिट र्याली’को हाल बजार मूल्य २ लाख ८ हजार ९ सय रहेको पनि खड्काले जानकारी दिएका छन् । यो स्कुटर र्याली रेड र रेसिङ ब्लु– गरी दुई वटा कलरमा उपलब्ध छ । नयाँ रे जेडआर ‘स्ट्रिट र्याली’का फिचरहरुमा११३ सीसी ब्लु कोर इन्जिन, उत्कृष्ट पिकअप र उत्कृष्ट माइलेजका साथ चालकको हातको सुरक्षाका लागि प्लगअपभि गार्ड र आकर्षक डिजाइनकाे बोल्ड न्यु भाइजर रहेकाे छ ।

आवश्यक जानकारीहरु समावेश भएको आकर्षक डिजाइन र पूर्ण आत्मविश्वासी ब्रेक फ्रन्ट डिस्क ब्रेक रहेकाे स्कुटी महिला पुरुष दुबैलाई प्रयाेग गर्न सहज रहेकाे प्लाजाले जानकारी दिएकाे छ ।

Purbeli TV

समसामयिक बिषयमा कलम चलाउनुहुने तथा फाेटाेग्राफी तर्फ राम्राे दखल राख्ने काफ्ले पूर्वेली न्युजका पथरी सहकर्मी हुनुहुन्छ ।

गाेपाल काफ्लेबाट थप

फागुन १७ देखि लेटाङ्ग एक्स्पो हुने

एन प्याव्सन स्पोट्सको उपाधी पिनाकललाई

स्थानिय सरकारले नाताबाद हेर्यो कृषक हेरेन

ग्रिल तथा स्टिल ब्यावसायी संघको पहिलो अधिबेशन सम्पन्न

शहीद दिवशमा दिप प्रज्वलन

छानविन समिति प्रतिवेदन नबुझाउने, छानविनमा परेका इन्जिनियरले काम गरिरहने

प्याब्सन स्पोर्टस्को उपाधी पुर्वाञ्चल एकेडेमिलाई

स्वर्ण महोत्सवमा राष्ट्रपति आउने

पूर्वका यि शहरहरूमा द भ्वाइस अप नेपालको लाइभ कन्सर्ट

असल अभिभावक, शिक्षक र बिध्यार्थी संबन्धी ३ दिने प्रशिक्षण सम्पन्न ।

तपाईको प्रतिक्रिया