यति ब्रुअरीको नयाँ “अर्ना लाइट” र “अर्ना स्ट्रङ्ग” बियरहरु नेपाली बजारमा

काठमाडौं । यति ब्रुअरीले आज क्लब ट्वेन्टी–फाइभ, टंगालवुडमा भएको अनावरण कार्यक्रम मार्पmत नेपाली बियरप्रेमीहरु
माझ दुई नयाँ बियरहरु प्रस्तुत गरेको छ । यी नयाँ बियरहरुलेनेपाली बियर उपभोक्ताहरुलाई निकै प्रत्येक्षित विकल्प तथा थप आकर्षण प्रदान गर्नेमा कम्पनी विश्वस्त छ । अनावरण सँगै अर्ना लाइट र अर्ना स्ट्रङ्ग देशभरका सबै प्रमुख लिक्वर आउटलेट, होटल, रेस्टुरेन्ट्, स्टोर तथा पब्हरुमा सर्वत्र उपलब्ध हुनेछ ।

अर्ना लाइट नेपालको पहिलो र एकमात्र लो–क्यालोरी  (High on Fun, Low on Calories) अर्थात्कम क्यालोरी भएको बियर हो जुन “हाइ अन फन, लो अन क्यालोरी” (ज्ष्नज यल ँगल, ीयध यल ऋबयिचष्भक) भन्नेमूख्य सन्देश लिई बजारमा
आएको छ । यस बियरले “स्वाद” लाई प्राथमिकता दिँदैउपभोक्ताहरुले बियरमा चाहने हरेक गुणलाई प्रस्तुत गर्नुका साथै क्यालोरी र कार्बको मात्रा घटाई आजकलको व्यस्त जीवनशैलीमा उपभोक्ताहरुले अधिक रुचाएको “फिट्नेश” मा पनि ध्यान दिएको छ ।

नयाँ वर्षको आगमनसँगै प्रस्तुत गरिएकोयस बियरले सबै बियरप्रेमीहरु माझ एक फरक र ताजा विकल्प ल्याई नेपालको बियर बजारको परिदृश्यमा महत्वपूर्ण परिवर्तन ल्याएको छ । स्वादमा कुनैपनि किसिमको असर नपर्ने गरी एक्स्ट्रा क्यालोरी तथा कार्बको मात्रा घटाउनका निम्ति यस बियरलाई २५% सम्म बढि समयको लागि “ब्रिउ” गरिएको छ । सामान्य माइल्ड बियरको तुलनामा अर्ना लाइटमा क्यालोरी २०% र कार्ब ३४% कम रहेको छ । यस बियरले साथीभाई तथा घनिष्ठहरु सँग भेटघाटमा रमाइला पलहरु बिताउन चाहने जोकोहीलाई पनि एक अनुपम विकल्प प्रदान गर्नेछ भने आधुनिक जीवनशैलीको मागलाई पूरा गर्दागर्दैअब स्वादमा पनि कुनै किसिमको सम्झौता गर्नुपर्ने छैन ।

कार्यक्रममा बोल्दै कप्मनीका जेनेरल म्यानेजर (सेल्स्तथा मार्केटिङ्ग), अरुण के.सी. ले भने – “अर्ना लाइटको अनावरण हाल उपभोक्ताहरुमा देखिएको एक स्वस्थ जीवनशैलीको चाहना तथा बियरको रोजाईमा आएको परिवर्तनका कारण भएकोहो । त्यसैले अर्ना लाइटले बियर बजारमा एक फरक पृष्ठ सुरु गर्न गइरहेको छ जसले उपभोक्तहरुलाई उनिहरुले खोजिरहेकोफरक विकल्प तथा बियर क्याटेगोरीमा एक भेराइटी प्रस्तुत गर्नेछ, त्यो पनि स्वादमा कुनै पनि किसिमको सम्झौता नगरी । समय आएको छ एउटा यस्तो बियरको मजा लिने जुन उनिहरुको जीवनशैलीमा एकदमै उपयुक्त छ – अर्ना लाइट ।”

अर्ना लाइट बियरको लन्च एक वृहत बजार व्यवस्थापन क्याम्पेनसँगै हुनेछ । साथै अन्य विभिन्न स्याम्पलिङ्ग  एक्टिभेसनहरु मार्पmत पनि बढि भन्दा बढि उपभोक्ताहरु माझ यसको सन्देश पु¥याइनेछ । उक्त कार्यक्रममा कम्पनीले अर्ना स्ट्रङ्ग बियरको पनि अनावरण गरेको थियो जुन “स्ट्रङ्ग” स्वाद चाहने उपभोक्ताहरुलाई ध्यानमा राख्दै ल्याइएको हो । “चढ्छ मज्जाले” भन्ने बजार प्रवद्र्धन सन्देशका साथ बजारमा आएको अर्ना स्ट्रङ्गले अर्ना लाइटले जस्तै एक फरक र शानदार स्वादका पस्कने निश्चित छ । अर्ना लाइट र अर्ना स्ट्रङ्ग दुवै यति ब्रुअरी प्रा. लि. द्वारा चैनपुर, चितवनमा तयार गरिएको होर यी बियरहरु ६५० मि.लि. बोतलमा क्रमशः ४.६% र ६.५% अल्कोहल प्रति बोतलका साथ बजारमा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

Loading…