माेटरसाइकल बिक्रकै लागि इटहरीमा बन्दैछ दुर्इतले भवन

so-room

इटहरी । सुनसरीकाे इटहरीस्थित यामाहा माेटरसाइकलकाे अाधिकारिक बिक्रेता तिरूपति अटाे सिटीले इटहरीमा  माेटरसाइकल साेरूमकालागि दुर्इ तले भवन निर्माण गरेकाे छ । माेटरसाइकल साेरूमकालागि दुर्तले भवन बनार्इ भब्य प्रदर्शनमा राख्ने उद्येश्य रहेकाे तिरूपति अटाे सिटीका सञ्चालक सन्जोग पराजुलीले बताए ।

सञ्चालक पराजुलीका अनुसार पहिलाे तल्लामा माेटरसाइकलहरू सजाएर राखिनुका साथै बिक्री बितरण गरिने र दाेश्राे तल्लामा माेटरसाइकलहरू भब्य प्रदर्शन गरिने बताएका छन । एकै स्थानमा थ्री एस अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्स उपलब्ध गराउने लक्ष्यका साथ उक्त भवन निर्माण गरिएकाे सञ्चालक पराजुलीकाे भनाइ छ ।

नेपालमा यामाहाका मोटरसाइकलको आधिकारिक बितरक एमएडब्ल्यु इन्टरप्राइजेजको आधिकारिक डिलर मध्ये इटहरीको तिरुपति अटो सिटी पनि बिक्रीका हिसाबले अग्र स्थानमा रहदै अाएकाे छ ।

 

तपाईको प्रतिक्रिया

Loading...