मादी बहुधार्मिक महायज्ञमा आज साढे १८ लाख सहयोग

संखुवासभा / संखुवासभाको मादीमा सञ्चालन गरिएको धार्मिक एकताको ज्ञान महायज्ञमा शनिबार साढे १८ लाख आर्थिक सहयोग जुटेको छ । मादी बहुमुखि क्याम्पसको आर्थिक उन्नयनको लागि शुक्रबारदेखि सुरु गरिएको बहुधार्मिक, बहुसांस्कृतिक महायज्ञमा आज साढे १८ लाख सहयोग प्राप्त भएको आयोजकले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतमद्धारा क्याम्पसको भौतिक संरचनाको लागि स्थानीय पुर्वाधार विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैंया सहयोग गरेका छन् । त्यस्तै चैनपुर नगरपालिकाले १ लाख ५१ हजार र टंक कार्की (मादी–इटहरी) १ लाख ५० हजार सहयोग प्रदान गरेको हो । महायज्ञमा हिन्दु, बौद्ध र किरात धर्मका धर्म गुरुहरुले प्रवचन दिइरहेका छन् । हिन्दु धर्मका पण्डित दिनबन्दु पोख्रेल, बौद्ध धर्मका डा. शिरलामा गुरुङ, किरात धर्मका कमल तिगेला खेवाहाङ, डिबी आङबुङ लिम्बु र झुमा वनेम लिम्बुले प्रवचन दिएका हुन् ।

२०४४ सालमा स्थापना भएको मादी बहुमुखी क्यापसको आर्थिक अवस्था ज्यादै दयनिय भएकोले बृहत्तर क्यापसको शैक्षिक विकास गर्न महायज्ञ गरिएको आयोजकले जनाएको छ । क्याम्पसको आर्थिक उन्नयन, सामाजिक तथा धार्मिक एकताको सन्देश दिनको लागि महायज्ञको आयोजना गरिएको हो । मादी नगरपालिकाको प्रायोजन तथा मादी बहुमुखी क्याम्पसको आयोजनामा भएको महायज्ञ फागुन ४ गते सम्पन्न हुनेछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…