मोटरसाइकल तथा स्टुकटर खरिदमा महिन्द्राको यस्ताे उपहार

भदौं १८ / नेपाल अधिराज्यभर महिन्द्रा टुह्वीलर विक्री गर्दै आएको अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इन्क प्रा.लिले आफ्ना ग्राहकहरुलाई  हाल दशैं तिहार तथा  छठ जस्ता उल्लासमय चाड पर्वलाई लक्षित गर्दै “महिन्द्रा सुनैसुनको वर्षा, रानीहारसँगै विदेशको यात्रा” योजना प्रस्तुत गरेको छ । यस योजनामा ग्राहकले कुपन स्क््रयाच गरी निश्चित उपहारको रुपमा एक तोलासम्म सुनको सिक्का पाउन सक्ने कम्पनिले जनाएकाे छ ।

ग्राहकले यो चाडपर्वको वेलामा कुनै पनि महिन्द्रा बाइक तथा स्कुटरको खरिद गर्दा एउटा स्क््रयाच कुपन पाउनुहुनेछ । उक्त कुपनलाई स्क््रयाच गरी न्युनतम २.५ ग्राम देखि १ तोलासम्मको सुनको सिक्का पक्का पाइने छ भने हरेक १५ दिनमा एक जनाले रानीहार उपहार पाउनुहुने छ त्यसै गरी बम्परमा ४ जनाको दुई परिवारलाई ४ दिन ५ रातको थाइल्याण्ड भ्रमणको अवसर पनि मिल्लने छ । महिन्द्रा टुह्वीलर उच्चतम प्रविधी युक्त बाइक तथा स्कुटरहरु हुन् ।

यी बाइक तथा स्कुटरहरुले कम इन्धन खपत गरी अधिकतम माइलेज दिंदै आएका छन् । नेपाल अधिराज्य भर सुलभ तरिकाबाट जेन्युन स्पेयरपार्ट उपलब्धहुनु, विक्रीपछिको ग्राहकमुखी सेवा जस्ता विशेषताले गर्दा महिन्द्रा टुह्वीलरहरु नेपाली उपभोक्तामाझ लोकप्रिंय बन्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

Loading...