महिन्द्राको e2o Sportz बजारमा

काठमान्डाैं / अग्नि इनर्जी प्रा. लि. ले महिन्द्रा कम्पनीको e2o Sportz बजारमा ल्याएको छ । महिन्द्राले ल्याएको यस इलेक्ट्रिक भेहिकलको प्रारम्भिक मूल्य रु.२६,००,००० तोकिएको छ । यसमा विभिन्न उपयोगी फिचर्स जस्तै डुअल एयरबैग, ए.बी.एस्., फास्ट चार्जिङ्ग तथा रियर वाइपर रहेका छन । १२७ किलोमिटरको अतिरिक्त रेन्जका साथै गाडीमा थप स्टोरेज एरिया पनि उपलब्ध छ । लेदर सिटका साथ प्रिमियम स्टाइलिङ्ग, ब्लोपन्क्ट् इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङ्ग माउन्टेड अडियो कन्ट्रोल समेत यसमा रहेकाे छ । महिन्द्रा e2o Sportz १०० किलोमिटर प्रति घण्टाको टप स्पिड दिने कम्पनिकाे दावि रहेकाे छ ।

महिन्द्रा e2o को अनावरण कार्यक्रममा बोल्दै महिन्द्रा इलेक्ट्रिकका सिइओ महेश बाबुले “इलेक्ट्रिक भेहिकल प्रतिको लोकप्रियता बढ्दै गएको बताएका थिए । उने भने त्यो दिन टाढा छैन जब इलेक्ट्रिक गाडीहरुले फसिल फ्यूलमा चल्ने गाडीहरुलाई उछिन्ने छन् र सडकमा भारी मात्रामा देखिने छन् । त्यसैले यस बदलावलाई अझै गती दिन हामीले नेपालमा पनि महिन्द्रा भद्दय को अनावरण गरेका हौं र यस गाडीको शक्तिशाली पर्फमेन्स्, बेजोड् सेफ्टी फिचर्स्का साथ यो छिट्टै नै ग्राहकहरु माझ लोकप्रिय हुने कुरामा म विश्वस्त रहेकाे बताएका छन् ।

 

तपाईको प्रतिक्रिया

Loading...