मनकामना सहकारी एकिकरण भए ९८ प्रतिशतले सेयर फिर्ता लिने तयारी

पथरी / पथरीको गरिमा बोकेको मनकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेड इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था संग एकिकरण हुने अन्तिम तयारीमा पुगेको छ । लकडाउनको समयमा सेयर सदस्यलाई थाहै नदिई कार्यक्षेत्र भन्दा बाहिर गएर एकिकरण हुन लागेको हो । संचालक समितिले असहमती जनाउदै आए पनि अध्यक्ष र सचिवको जोडमा एकिकरण हुन लागेको पुर्व संचालक विजय श्रेष्ठले बताए ।

इटहरी ४ सुनसरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंग एकीकरण गर्ने अन्तिम तयारी गरेको मनकामना सहकारीका अध्यक्ष युवराज भट्टराईले जानकारी दिए । एउटै उद्देश्य र कार्यक्षेत्रका सहकारीहरु एक आपसमा एकीकरण गर्न सरकारले नै निर्देशन गरेको छ तर मनकामनाले भने अर्को जिल्लाको सहकारीसंग एकीकरणका लागि लागिपरेको छ । मनकामनाको २०७६ असोज ३ गते भएको साधारण सभाको प्रस्ताव नं. ८ मा ‘‘संस्था एकीकरण सम्बन्धमा’’ ‘‘यस संस्थाको सेवा क्षेत्रभित्रका समान उद्देश्य लिई स्थापित तथा सहकारी संस्थाहरुसंग नियमअनुसार सहकारी एकीकरण प्रकृया अगाडी बढाई अघि बढ्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय गरियो।” भनेर निर्णय गरेको छ ।

६ हजार बढि शेयर सदस्यलाई थाहै नदिई मनकामनाले शेयर सदस्यको अख्तियारी विपरित संस्था एकीकरणको प्रकृया अघि बढाएको छ । मनकामना र महिला समान उद्देश्य भएता पनि कार्यक्षेत्र भने मोरङ र सुनसरी रहेको छ ।

२०५४ सालमा स्थापना भएको मनकानाको परिच्छेद १ को प्रारम्भिक २ मा कार्यक्षेत्र तोकिएको छ । कार्यक्षेत्रमा भनिएको छ ‘‘संस्थाको कार्यक्षेत्र मोरङ जिल्ला न.पा. र गा. वि. स. को क्षेत्रभित्र सीमित रहनेछ।” यसर्थ पनि मनकामना सुनसरी केन्द्रिय कार्यालय रहेको महिला साकोससंग एकीकरण हुन सक्दैन ।

मनकामनाले आफ्नो मोरङ जिल्ला कार्यक्षेत्र तोकिएको भएता पनि हाल सम्म मनकामनाले पथरी शनिश्चरे, उर्लाबारी, लेटाङ नगरपालिका र मिक्लाजुङ गाउँपालिका सम्म मात्रै आफ्नो सेवा दिइरहेको छ । यी पालिका बाहेकका अन्य छिमेकी पालिकाबाट शेयर सदस्य बन्न चाहेमा बञ्चित गरिएको छ ।

तर यता रजिष्टर कार्यलयले साधारण सभाको निर्णय विपरित कार्यक्षेत्र भन्दा बाहिर गएर एकिकरण हुन अनुमती पत्र कसरी दियो सेयर सदस्य अन्योलमा छन । यसरी आफ्नो साघुँरो कार्यक्षेत्रबाट एकैपटक सुनसरी पुग्न अनुमती दिने रजिष्टर कार्यलय प्रति मुद्धा हाल्न शेयर सदस्यहरु हस्ताक्षर गर्ने तयारी गरिरहेका छन ।

सस्थाले एककिरणमा जादा साधारण सभाबाट म्यान्डेट लिएर जादा अनि मात्र संस्थाहरुको विचमा आर्थिक कुराको विष्लेषणतमक अध्यायन गर्दै दुबै तर्फको आर्थिक कारोबार चिक्त बुझदो छ भने एकिकरणमा जान सकिने तर गैर कार्य क्षेत्रमा एकिकरण हुन नियमले नदिने संस्थापक सचिव टिका गौतमले बताए । एककिरण हुदा सेयर सदस्यले हालमा पाएको सेवा सुविधा पाउछन त ? गौतमले प्रश्न गरे ।

स्थापना काल देखिका शेयर सदस्य रहेका बिजय प्रकाश श्रेष्ठ यो विषयमा आन्दोलन गर्न समेत तयार रहेको बताउछन । ‘आफ्नो पसिना बगाएर दुःखले हुर्काएको संस्था सञ्चालक समितिका २, ३ जनाले इटहरी नै लान किन महिरत्ते गरिरहेका छन ? श्रेष्ठ उल्टै प्रश्न गर्छन । ९८ प्रतिशत शेयर सदस्यहरु एकीकरणको विपक्षमा रहेको श्रेष्ठले बताए । एकीकरण नै गर्नुपरे पथरी शनिश्चरेको कुनैपनि सहकारीसंग गर्नुपर्ने तर पथरी देखि इटहरी जान जबरजस्ती गरे कानुनी उपचार समेत खोज्ने श्रेष्ठको भनाइ छ ।

कानुनी बाटो बाहेक अन्य अवस्थामा जसरी पनि सहकारी एकीकरण गरेरै छाड्ने अध्यक्ष भट्टराईको दावी छ । एकिकरणको कुरा आएपछि अधिकांश शेयर सदस्यहरु नाफा सहित बराबर बाँडफाँड गरेर आफ्नो शेयर फिर्ता लिने तयारीमा छन ।

२०५४ सालमा स्थापना भएको मनकामनालाई यो स्थान सम्म पुर्याउने टिका गौतम, सोम नाथ निरौला, अर्जुन कुमार बुढाथोकी, प्रदिप पराजुली, कुलमाया भण्डारी, विश्वमण्ी निरौला लगायत अन्यले मनकामना इटहरी जान नहुने तर्क राख्दै आएका छन ।

हाल ६ हजार शेयर सदस्य रहेको मनकामनाको जम्मा पुँजी तथा दायित्व २०७७ असार २० गते सम्म ३८ करोड १२ लाख ९४ हजार १ रुपैँया रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कल्याण बजगाँईले जानकारी दिनुभयो ।

२० गते शनिवार बस्ने भनिएको मनकामना र महिला साकोसको संयुक्त बैठक पनि ५ जना सदस्यहरुले बहिस्कार गरे पछि स्थकित भएको छ । एकीकरणको विपक्षमा रहेका सदस्यहरुले बैठक बहिस्कार गरेको अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Loading…