बिराटनगरमा खुल्याे महिन्द्रा ट्रयाक्टरको थ्रीएस सुविधा सहितको अत्याधुनिक शोरुम (तस्विरहरू सहित)

बिराटनगर / अग्नि गु्रपले विराटनगरमा महिन्द्रा ट्रयाक्टर थ्रीएस सुविधा सहितको शोरुम उद्घाटन गरेको छ । बुधवार विराटनगरको बरगाछीमा स्थापना गरिएको शोरुम बिक्री, सेवा र पार्टपुर्जा सहितको रहेकाे छ ।  विराटनगर, इटहरी लगायत आसपासको क्षेत्रका लागि सुविधा सम्पन्न तथा आधिकारिक शोरुम स्थापना गरिएको अग्नि इंक. का निर्देशक क्याबिनेट श्रेष्ठले बताएका छन् । अग्नि इंक. का निर्देशक क्याबिनेट श्रेष्ठ, कम्पनीका ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रवेशमान शाक्य तथा शाखा प्रबन्धक विजय देवले नयाँ ट्रयाक्टर शोरुमको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा महिन्द्रा तथा महेन्द्रका इनभिया कन्ट्री हेड चैतन्य काजलकार तथा मार्केटिङ डिपार्टमेन्ट महिन्द्रा तथा महिन्द्र इनभिया प्रमुख आकाङ्क्षा बंसल लगायतहरूको उपस्थिति रहेको थियो । महाप्रबन्धक शाक्यका अनुसार उपभोक्ताको आवश्यकतालाई हेरेर कम्पनीले विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराइरहेको छ । महाप्रबन्धक शाक्यका अनुसार “ थ्री एस सेट अप अन्तर्गत महिन्द्रा ट्रयाक्टरका युवराज २१५, जिवो २४५, २७५ एनबिपी, एनएसटी, युभो र नोभो आदी श्रृङ्खलाहरुको बिक्री, सेवा, र पार्टपुर्जा उपलब्ध गराउन सक्ने बताएका छन् ।”

विराटनगर र आसपासका ग्राहकलाई अधिकतम तथा गुणस्तरीय सेवा, सुविधामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने उद्देश्यले शोरुमको तथा सर्भिस सेन्टरको स्थापना गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनी बिच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले उद्यमी तथा कृषकले लाभ प्राप्त गर्न सक्ने छन् । कार्यक्रममा ट्रयाक्टर खरिद कर्ताहरूलाई सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading…