बाल संरक्षण गृह सिफलमा : “चोकोफन बाल–बाटिका”उद्घाटन गरियो

काठमाण्डाै ।  सुजल फूड्स प्रा.लि., नेपालको सबैभन्दा ठूलो र अग्रणी कनफेक्सनरी (चकलेट) उत्पादक कम्पनिद्वारा बाल संरक्षण गृह, बाल मन्दिरको शाखा, सिफल, काठमाडौंमा एक समारोहका बीच “चोकोफन बाल–बाटिका” नामक खेलमैदान उद्घाटन गरिएको छ । विगत १७ वर्षदेखि, यस कम्पनिको उत्कृष्ट उत्पादन चोकोफन नेपालभरिका बाल–बालिका माझ मुस्कान छर्न सफल हुँदै आएको छ ।

यसैगरी “चोकोफन बाल–बाटिका” द्वारा यस कम्पनिको बाल संरक्षण गृह मा आश्रित बाल–बालिकाहरुलाई खुशी र मुस्कान बाँड्ने एउटा अर्को जमर्को हो ।“चोकोफन बाल–बाटिका” बाल संरक्षण गृह हाताभित्र सुन्दर ढङ्गले निर्माण गरिएको छ । यसक्रममा खेल सामाग्रीहरुः चिप्लेटी, ढिकी–च्याउ र पिङ् खेलमैदानमा जडान गरिएको छ । त्यस्तै मैदानसँगै जोडिएको पर्खालमा बाल–बालिकाहरु खेलमैदानमा रमाइरहेका आकर्षक चित्र पेन्ट गरिएको छ ।

खेल–मैदान विभिन्न रङ्गहरुको प्रयोग गरी कलात्मक ढङ्गले बारिएको छ, जसले गर्दा खेलमैदान अझै सुन्दर देखिएको छ । खेलमैदानमा बाल–बालिकाहरुको सुरक्षाको मध्यनजर गर्दै र मैदानलाई प्राकृतिक स्वरुप दिन उच्च गुणस्तरको दुबो रोपिएको छ । खेल तथा अन्य निमार्ण सामाग्रीहरु छनौट गर्दा पनि बाल–बालिकाहरुको सुरक्षा मैत्री होस् भनेर विशेष ध्यान दिइएको छ ।

खेलकुद बाल–बालिकाहरुको शारिरिक तथा मानसिक विकासको लागि अपरिहार्य छ । यस खेलमैदानबाट बाल संरक्षण गृहमा आश्रित बाल–बालिकाहरुले सिधै लाभ लिनुका साथै उनीहरुको विकासमा फाइदाजनक हुन्छ भनेर विश्वास गर्न सकिन्छ ।चोकोफन बाल–बालिकाहरुमाझ सबैभन्दा लोकप्रिय छ । यसर्थ, चोकोफनको संस्थागत सामाजिक उत्तरदायित्व बाल–बालिकाहरुको विकासप्रति केन्दि«त छ ।

 

तपाईको प्रतिक्रिया