बालबालिकाका लागी स्वास्थ्यकर लिटो न्युट्रील्याक बजारमा

बिराटनगर । न्युट्री फुड्स प्रा.लि सोनापुर सुनसरीले ६ महिनादेखि २ बर्ष सम्मका बालबालिकाको लागी न्युट्रील्याक बजारमा ल्याएको छ । बिश्व खाद्य संगठनबाट समेत मान्यता प्राप्त सो न्युट्रील्याक ४०० ग्राममा उत्पादन गरिएको छ । २ सय २५ रुपैया मुल्य रहेको सो न्युट्रील्याक बालबालिकाको लागी अत्यान्ते उपयोगी रहेको जनाईएको छ ।

सुन्तला,स्याउ,आँप,गहुँ र मिक्सड फ्रुटको स्वादमा उपलब्ध सो लिटो गहुँ,भटमास,चामल र दुधमा रहेका प्राकृतिक एवम पौष्टिक तत्वहरु समिश्रण गरि उत्पादन गरिएको छ । 

यो लिटोको सेवनले शिशुहरुको बृद्धि र मानसिक बिकासका लागी चाहिने प्रोटिन,आबश्यक भिटामिन र खनिज उपलब्ध गराउँछन । अत्याधुनिक मेसिनद्धारा स्वास्थ्कर बाताबरणमा निर्माण भएको यो लिटो पचाउन सजिलो र नरम समेत रहेको जनाईएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…