बराह बचत तथा ऋण सहकारी संस्थाको १० औ बार्षिक साधारणसभा सम्पन्न

धरान / बराह बचत तथा ऋण सहकारी संस्थाले दश बर्षको अवधिमा उल्लेख्य प्रगतिसंगै अनगिन्ती सामाजिक उत्तरदायित्व वहन गरेको छ । संंस्थाले आज धरानमा १० औ बार्षिकोत्सवका अवसरमा आयोजित साधारणसभामा आर्थिक बर्ष ०७५÷०७६ मा १ करोड २४ लाख १६ हजार ९ सय ७८ खुद नाफा भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

धरान २ गीत मन्दिरमा भएको बार्षिक साधारण सभाका अवसरमा सस्थाका अध्यक्ष मानबहादुर विकले प्रतिवेदन पेश गर्दै सो कुरा जानकारी गराउनु भएको छ । प्रतिवेदनका अनुसार बराहले आर्थिक बर्ष ०७६ असार मसान्तसमम मात्र रु ६ करोड ५७ लाख, ७५ हजार ६ सय रुपैयाको शेयर रकम संकलन गरको छ । यस्तै निक्षेप संकलन १ अर्ब ३४ करोड ५८ लाख ९ हजार ३ सय १८, निक्षेप फिर्ता ९६ करोड ३९ लाख ८१ ह्जार ४ सय ५८ गरेको छ । यसगरी यस अवधिमा ६० करोड ७३ लाख ६२ हजार ९ सय ४६ रुपैया ऋण लगानी गरेको छ ।

अध्यक्षको प्रतिवददन अनुसार राज्यलाई मात्र आव ०७५÷०७६ मा १५ लाख ९० हजार ६ सय ७७ रुपैया कर बुझाएको छ भने हालसम्म राज्यलाई ८९ लाख २७ हजार ६ सय ३९ रुपैया कर बुझाएका छ । ०६६ सालमा स्थापना भएको बराह स्थापना कालमा २८ जना पुरुष र १४ जना महिला गरी ३२ जना शेयर सदस्य रहेका थिए । अहिले बढेर १ हजार २ सय ७२ पुरुष र २ हजार २ सय ५४ महिला गरी ३ हजार ५ सय २६ जना शेयर सदस्य रहेका छन् ।

यतिमात्र हैन बराह बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यमा समेत ठूलो लगानी गरको छ । बराहले आर्थिकोपार्जनसंगै सामाजिक कार्य र रोजगारीका अवसर प्रदान गरेकोमा कार्यक्रमका प्रमुख अथितिको रुपमा आउनु भएका जिल्ला सहकारी संघ सुनसरीका बरिष्ठ उपाध्यक्ष नरेश इवारमले बराह बचत तथा ऋण सहकारीे गरेको कामप्रति प्र्रशंसा गर्दै उत्तरोउत्तर प्रगतिको कामना गनुभएको थियो ।

सो अवसरमा संस्थाका कर्मचारी, निक्षेपकर्ताहरुलाई प्रशंसापत्र सहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने, बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिका अध्यक्ष शिव लामिछाने, सहकारीका लेखा परिक्षण सुपरिबेक्षक समिती सम्योजक सुदिन ल्वागुन, जनसम्पर्क अधिकृत सुरेन्द्र सिंह बिश्वकर्मा, शिबराज श्रेष्ठ, मेरो बचत तथा ऋण सहकारी संस्था धरानका अध्यक्ष उद्धब लिम्बु, समाजसेवी शिब बान्तावा, शिखर तथा झरना साकोसका प्रतिनिधीहरु, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफले लगायतको उपस्थिति रहेको थियो ।

समसामयिक बिषयमा कलम चलाउनुहुने बस्नेत पूर्वेली न्युजका धरान सहकर्मी हुनुहुन्छ ।

गोविन्द बस्नेतबाट थप

बीपीतिष्ठानभित्र औषधिमा कमिशनकाे खेल

धरानमा लागू औषधको डिलर सञ्चालन गर्दै आएका एक युवक हतियरसहित प्रक्राउ (तस्विरहरू सहित)

दन्तकाली शक्ति पीठमा बोका बलिदिनेको भीड

धरानको दन्तकाली पीठमा धुमधामका साथ फूलपाती भित्र्याइयाे (तस्विरहरू सहित)

बराहले २५ औ बर्ष भव्यताकासाथ मनाउने

धरानमा कैची प्रहार गर्ने एक युवक प्रक्राउ

धरानमा नाम मात्रैकाे अनुगमन : झिंगा भन्केकाे मासु खान बाध्य उपभाेक्ता

धरानको जिरो प्वाइन्टमा दुर्घटना हुँदा सविन राईको मृत्यु

धरानमा सुरू भयाे चित्रकला मेला ०७६

धरान पिण्डेश्वरमा श्राद्ध गर्नेहरुको भीड

तपाईको प्रतिक्रिया

Loading…