बन्धन सिमेन्टको “बन्धनको साथमा ३० तोला सुन हातमा” योजना सार्वजनिक

काठमाडौं / नेपाल अल्ट्राटेक कम्पनीको उत्कृष्ट उत्पादन बन्धन सिमेन्टले चाडपर्वको मौसममा “बन्धनको साथमा ३० तोला सुन हातमा” भन्ने योजना सार्वजनिक गरेको छ । योजना अन्तर्गत बन्धन सिमेन्टको प्रत्येक ३० बोरा खरिदमा ग्राहकलाई १ वटा स्क्र्याच कुपन प्रदान गरिने छ । स्क्र्याच कुपनमा स्क्र्याच गरी करोडौंं नगद, सयौं तोला चाँदी, १९० लि. हाइसेन्सको फ्रिज, ५५ इन्च हाइसेन्सको स्मार्ट ीभ्म् टि.भी मध्ये कुनै एक तुरुन्तै जित्न सक्नुहुने छ भने हरेक हप्ता लक्की ड्र मार्फत् हिरो कम्पनीको प्लेजर स्कुटर जित्ने मौका पनि मिल्ने छ । त्यसै गरी बम्परमा ३० तोला सुन जित्ने मौका पनि मिल्नेछ ।

यस योजनामा सहभागी हुन सहभागीहरुले ३० बोरा बन्धन सिमेन्टको खरिदमा प्राप्त भएको कुपनमा उल्लेख भएको युनिक कोडलाई उल्लेख गरिएको नम्बरमा एस एम एस गरी दर्ता गर्नु पर्ने छ । लक्की ड्रको प्रत्यक्ष प्रसारण कम्पनीको फेसबुक पेज मार्फत गरिने कुरा कम्पनीका निर्देशक श्री मनिष मारुले बताउनु भयो ।

साथै वहाँले बन्धन सिमेन्टको गुणस्तरीयता एवं यसको प्रविधिका बारेमा पनि जानकारी दिनुभयो । बन्धन सिमेन्ट नेपालको पूर्वी भेगमा अत्यन्त सफल एवं पकड जमाएको सिमेन्ट हो । १०० प्रतिशत गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरी तयार पारिएको बन्धन सिमेन्टले कण कणमा अटुट बन्धनको मजबुती प्रदान गर्दछ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…