बजाज आरइ – स्वरोजगार र्याली इटहरीमा सम्पन्न

इटहरी / बजाज थ्री ह्विलर्स बजाज आरइको एक मात्र आधिकारिक बितरक, हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले बजाज आरई स्वरोजगार र्याली इटहरीमा आयोजना गरेको छ । यो र्यालीको मुख्य नारा स्वरोजगारी मै समझदारी रहेको छ । औपचारिक कार्यक्रममा, बजार आरईका इटहरीका बितरक असिम एण्ड ब्रदर्श प्रालिका अध्यक्ष श्री लछुमन तामाङ्ग र असिम एण्ड ब्रदर्श प्रालिका प्रबन्ध निर्देशक श्री अर्विन तामाङ्गले सम्मानित अतिथिहरु बजाज अटो इण्डियाका नेपालका लागि देशिय निर्देशक श्री अक्षय सक्सेना र एचएच बजाजका निर्देशक श्री अभिमन्यू गोल्छालाई स्वागत गरेका थिए ।

यो र्यालीमा २० वटा बजाज आरइको सहभागीता रहेको थियो । यो अभियानले पूर्व पश्चिम राजमार्गमा २५ दिनसम्म यात्रा गर्नेछन्, करिब १०२७ किलोमिटरको यात्रा बिर्तामोडबाट शुरु भएको थियो जून महेन्द्रनगरमा सम्पन्न हुनेछ । स्थानीय डिलरहरु पनि यो कार्यक्रममा समावेश रहेका थिए । अभियानमा नेपाली लोकप्रिय कलाकारहरु प्रश्ना शाक्य र विश्व नेपालीले विभिन्न नेपाली गीतहरु गाएर स्थानीय बासिन्दाहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । ट्वाक्क टुक्कका कलाकार जय राम कार्की, बिनोद परियार, श्रद्धा गौतम र प्रेम भुसालले पनि आफ्नु नाटक प्रस्तुत गरेका थिए । यसका साथमा प्रसिद्ध हास्य कलाकार राजा राजेन्द्रले मानिसहरुलाई हास्य प्रस्तुतीका साथ मनोरन्जन गराए । स्थानीय कलाकारहरुको पनि भव्य प्रस्तुति गरेका थिए । स्थानीय बासीले कार्यक्रममा उत्साहका साथ मनोरञ्जन गरेका थिए ।

यो र्यालीको उद्धेश्य बजाज आरइको बारेमा जनचेतना अभिवृद्धि गराउनु हो र यसमार्फत स्वरोजगारका लागि हुने उत्कृष्ट लाभहरुको बारेमा जानकारी दिनु हो । यो र्यालीले मुख्य गरी नेपाली युवाहरुलाई रोजगारीको अवसरको बारेमा तथ्यगत जानकारी दिँदै नेपालमा नै राम्रो रोजगारीको अवसरहरु भएको बारेमा उनीहरुलाई सुनिश्चित तुल्याउनु हो । विदेशी मुलुकहरुमा काम गर्नुभन्दा स्वदेशमा नै काम गर्नु उपयुक्त हो । बजाज आरइ स्वरोजगारका साथमा आबद्ध भएर परिवर्तन स्वीकार गर्दै उत्पादकत्व अभिवृद्धि र आय सिर्जना गतिबिधिमा लाग्न सकिन्छ । बजाज आरइमा गरेको लगानीले पहिलो दिनदेखि नै वित्तिय लाभ दिन्छ, जसले यसको मूल नारा ‘एउटा यस्तो लगानी जसले गर्छ शुरुको दिन देखिनै आम्दानी’ लाई सार्थक पार्दछ ।

नेपालमा स्वरोजगारी सिर्जना गराउने उद्धेश्यका साथ, विश्वको नम्बर १ थ्री ह्विलर्स ब्राण्ड बजाज आरइ नेपालभर बिक्री भईरहेको छ, जसले वैदेशिक रोजगारीबाट फर्किएका र यहाँ संघर्ष गरिरहेका कामदाहरुलाई रोजागारी सिर्जनाको अवसर प्रदान गर्दछ । बजाज आरइ संभावनाहरुमा केन्द्रित रहेको छ, जो वैदेशिक रोजगारीमा जाने योजनामा छन् वा यो विदेशबाट फर्किएका छन् ।

 

तपाईको प्रतिक्रिया