फेरि घट्यो सुनको मूल्य

काठमाडौँ, असार ३१ । सुनको भाउ आज एकैदिन ४ सय रुपैयाँ घटेको छ। मूल्य घटेसँगै सुन आज प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार सुन ५८ हजार ७ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै निरन्तर बढेर २ वर्ष ९ महिनायातकै महँगो भएको चाँदीको भाउ आज पनि ५ रुपैयाँ घटेको छ।

मूल्य घटेसँगै चाँदी आज ९ सय ५ रुपैयाँमा कारोबार भएको छ। केही दिनयता ९ सय १५ रुपैयाँमा स्थिर रहेको चाँदी बिहीबार ५ रुपैयाँ घटेर ९ सय १० रुपैयाँमा कारोबार भएको थियो।

तपाईको प्रतिक्रिया

Loading…