प्रिमियर स्कुलका बिद्यार्थीसंग अन्तराष्ट्रिय सिप बाडदै कुमार चालिसे

 

 इटहरी / सुनसरीकाे इटहरी स्थति हाेटल प्रिमियर स्कुलका बिद्यार्थीहरूलार्इ अन्तराष्ट्रिय स्तरकाे खानाका प्रकारहरूकाे बिषयमा पाँच दिने तालिम प्रदान थालिएकाे छ । ६ महिनाकाे पढाइ सकेर बिदेसमा इन्टरसिप गर्ने तयारी अन्तरगत अन्तिम तयारीकालागी उक्त तालिम प्रदान गरिएकाे हाे ।

काठमाण्डाै स्थित गेट कलेजका फुड हाईजिन प्रमुख प्रशिक्षक सेफ कुमार चालिसेले अन्तराष्ट्रिय स्तरको खानाहरूकाे बिषयमा बिद्यार्थीहरूलार्इ तालिम प्रदान गर्दै अाउनुभएकाे छ । पाँचदिन सम्म रहने तालिममा बिद्यार्थीहरूले खानालार्इ कसरी स्वच्छता प्रदान गर्ने , खानामा हुने ब्याक्टेरीयाहरूलार्इ कसरी राेकथाम गर्ने , अन्तराष्ट्रिय स्तरका खानाहरूकाे बिशेषता लगायत अन्य बिषयहरूमा प्रशिक्षण लिदै अाएका छन ।

पूस १ गते शुक्रबारबाट सञ्चालनमा अाएकाे तालिम पाचदिन सम्म रहने हाेटल प्रिमियर स्कुलका सञ्चालक सुनिल कुमार भुषालले बताउनुभयाे । यहाँ ६ महिनाकाे पढाइपछि बिदेशमा इन्टरसिप दिनुपर्ने हुदा हामिले बिद्यार्थीहलार्इ काठमाण्डाै र छिमेकी राष्ट्रहरूबाट प्रख्यात प्रशिक्षार्थीहरू झिकार्इ हाेटल म्यानेनमेन्ट सम्बन्धी प्रशिक्षण गराइरहेका छाै हाेटल स्कुलका सञ्चालक भुषालले बताउनुभयाे ।

हाेटल तथा बारहरू सम्बन्धी बिद्यार्थीहरूलार्इ प्राविधिक ज्ञान प्राप्त हाे भन्ने उद्येश्यले बिभिन्न प्रशिक्षकहरूबाट शिपमुलक प्रशिक्षणहरू भइरहेकाे समेत सञ्चालक भुषालले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया