प्रदेश १ को बिराटनगर सहित डाट्सनको नयाँ ‘गो’ नेपालमा , यस्ता छन् अत्याधुनिक नयाँ फिर्चसहरु

अत्याधुनिक फिर्चस राखेर ल्याइएकाले यो गाडीले बजारमा फेरि एकपटक तरंग ल्याउने कम्पनीको दावी

बिराटनगर । डाट्सनले नेपाली बजारमा अर्को सानदार उत्पादन अल न्यू ‘गो’ भित्रयाएको छ । आइतबार काठमाडौंको थापाथली, बिराटनगरको बरगाछी लगायतका स्थानमा सार्वजनिक गरिएको नयाँ डाट्सन ‘गो’ नेपाली ग्राहकका लागि फेरि एकपटक अविश्वसनीय मूल्यमा प्रस्तुत भएको छ । २४ लाख ९९ हजार न्युनतम् मूल्य भएको यो गाडी ३ वटा भेरियन्टमा नेपाली बजारमा उपलब्ध हुनेछ । मध्यम वर्गीय परिवार माझ लोकप्रिय ‘गो’लाई अत्याधुनिक फिर्चस राखेर ल्याइएकाले यो गाडीले बजारमा फेरि एकपटक तरंग ल्याउने दावी कम्पनीको छ । बाहरिबाट हेर्दा आकर्षक मात्रै छैन, परफर्मेन्समा शक्तिशाली पनि छ । नयाँ फिर्चसहरु थपिएर आएको डाट्सनको नयाँ ‘गो’ले ग्राहकलाई भरपोर्द विकल्प पनि दिएको छ ।

गोका गो ए((ओ) गो(टी, गो टी (ओ) भेरियन्ट नेपाली बजारमा उपलब्ध गरइएको छ । यो गाडी आरामदायी, सुरक्षित तथा स्टाइलिस पनि छ । यसका कारण ड्राइभिङ अनुभवको जीवन्तता प्राप्त गर्न सकिने कम्पनी बताउँछ । कारले नयाँ युगको लागि जापानिज प्रविधियुक्त इन्जिन, इन्धन किफायती, बस्नको लागि धेरै स्पेश तथा सुरक्षा जस्ता पक्षहरुको सर्वोत्तम प्याकेज प्रदान गरेको छ । नयाँ ड्यट्सन ‘गो’मा २८ विभिन्न विशेषता तथा सय भन्दा बढी अपडेटहरु रहेको कम्पनीको दाबी छ ।

गाडीमा राखिएको एन्ड्रोइड अटो(प्ले र एप्पलकार प्लेको साथ ७ इन्चको टच अडियो सिस्टम आकर्षणको केन्द्रमा बन्ने देखिन्छ । किनभने यो क्लासको गाडीमा यस्तो फिचर्स भेटिँदैन । १४ इन्चको डाइमन्ड(कट अल्लोइ हृवील र सेफ्टी प्याकेज( डुयल एयर ब्याग, एबीएस, ईबीडी, बीए तथा पार्किङ सेन्सर यो क्लासकै गाडीमा पहिलो पटक दिइएको सुविधा हो । १८० एमएमको ग्राउन्ड क्लियरेन्स, २४५० एमएमको ह्वील बेस, २६५ लिटर लगेज स्पेस र ४.६ एम टर्निङ रेडियस यो सेगमेन्टकै उत्कृष्ट फिचर्स पनि हुन् । नयाँ गोमा नयाँ राइड, कन्ट्रोल एड्भान्स सस्पेन्सन छ । यसमा १२ सय सीसीको एचआर१२ डीई इन्जिन पनि छ ।

कम क्षमताका इन्ट्री लेभलको कारबाट माथिल्लो स्तरको र शक्तिशाली ह्याचब्याकमा अपग्रेड हुन चाहने धेरै छन् । तर, यसका ठूलै रकम खर्चिनुपर्ने चिन्तामा गर्नेहरुका लागि उत्कृष्ट विकल्प हो, जापनिज कम्पनी डाट्सनको अल न्यू ‘गो’ । निशानको माइक्रा प्लेटर्फमका आधारित कम्प्याक्ट बडीसहित गो कार भित्रबाट उत्तिकै विशाल छ । कारमा ५ जनाले सहजै यात्रा गर्न सक्छन् । स्पेश आराम र सुविधाको मामलामा यो अब्बल छ । यसको अघिको भागमा हेक्जागन ग्रिल छ । जसमा क्रो र सिल्भरको अप्सन छ । हक आई हेड ल्याम्प्स पनि छ । एलईडी डे टाइम रनिङ लाइट सेमत छ ।

यो कारमा १२ सय सीसी क्षमताको पेट्रोल इञ्जिन जडान गरिएको छ । यो इञ्जिनले ६८ पीएसको शक्ति र १०४ एनएम टर्क उत्पन्न गर्ने क्षमता राख्छ । यो कारमा १.२ लिटरको ३ सिलिन्डर इञ्जिन छ । यसले २० प्रतिलिटरको माइलेज दिन्छ । ५ स्पीड म्यानुअल गियरको विकल्प छ । यसको फ्रन्टमा डिस्क र रियर ड्रम ब्रेक छ । गो राजर्मागमा उच्च गतिमा हुँदा पनि निकै स्थिर लाग्छ । यसमा गति संवेदनशील पावर स्पेयरिङ छ । यो राजमार्ग र शहरी क्षेत्रमा चलाउन सुविधाजनक छ ।

यसमा फलो माई होम हेड ल्याम्प, शक्तिशाली एयर कन्डिसनिङ, पावर विन्डो, सेट्रल लकिङ, भेन्टिलेटेड डिस्क ब्रेक, फ्रन्ट एमसीर्फसन सस्पेन्सन, रियर ट्विस्ट बिम सस्पेन्सन लगायतका फिचर्स पनि छन् ।

नयाँ गोको अर्को आकर्षक पक्ष हो, ग्राउन्ड क्लियरेन्स । यसमा यसअघिको भन्दा १० मिलिमिटर क्लेयरेन्स बढाएर १८० मिलिमिटर बनाइएको छ । गो नेपालमा विभिन्न कलरमा उपलब्ध छ । यो मध्ये आफूलाई मन परेको कलरमा गो किन्न पाइन्छ । कम्पनीले गोमा यात्रुको सुरक्षाका लागि विभिन्न प्रविधि अपनाएको छ । इमोब्लिजर, किलेस इन्ट्री, रेयर पार्किङ सेन्सर, सेन्ट्रल लकिङ लगायतका फिचर्सले यसलाई सुरक्षित कार बनाएको छ । यो कार नेपालमा १३ वटा डिलरहरुमार्फत गो बिक्री भइरहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया