प्रतितोला ५९ हजार रुपैयाँमा सुनको कारोबार

काठमाडौँ / साताको पहिलो दिन सुनको मूल्य सामान्य बढेर ५९ हजार रुपैयाँमा कारोबार भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा यो १ सय रुपैयाँ बढी हो।

महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबारकै मूल्यमा अर्थात प्रतितोला ८ सय ९० मा चाँदीको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया

Loading...