इटहरी स्थित पेस्को मेकअप स्टुडियो स्थापनाको दोस्रो वर्षमा प्रवेश

 

इटहरी । इटहरी स्थित पेस्को मेकअप स्टुडियोले  स्थापनाको पहिालाे वर्ष पुरा गरि दोस्रो वर्षमा प्रवेश गरेकाे छ । स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको अवसर पारेर इटहरी स्तिथ ओशियन पार्कमा एक कार्यक्रमको आयोजना  गरियाे । करिब १ हजार व्यक्तिहरुलाई साैन्दर्यकला सम्बन्धी सीप सिकाइसकेकी पेस्को मेकअप स्टुडियोका संचालिका मनिता तामाङले याे व्यवसाय महिला स्वरोजगारको गतिलो माध्यम रहेकाे र यो व्यवसायमा आवद्ध महिलालाई थप दक्षताका लागि सिप र तालिम प्रदान गर्दै उनीहरुलाई प्रोत्साहन गर्न सके स्वदेशमै महिलाले मनग्ये आम्दानी गर्न सक्ने बताइन् ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने ६ जनालाई सम्मान समेत गरिएकाे थियाे । सम्मानीत हुनेहरुमा सञ्चारकर्मी बिकल रेग्मी ,चलचित्र निर्देशक तथा कलाकार प्रकास सुब्बा , रेडिमेट व्यवसायी गायत्री कटुवाल , व्युटिसियन शान्ता राई, फोटोग्राफर मनोज सुब्बा लगायत  रहेका छन् ।   कार्यक्रमका प्रमुख अतिथी व्यवसायी भिम पौडेल र विशिष्ट अतिथी रमेश प्रसाई रहेका थिए ।

ईटहरीकै पुरानाे रुपकला ब्युटिपार्लरकै परिमार्जित स्वरूपमा ‘पेस्को मेकअप स्टुडियो’ संचालनमा अाएकाे हाे । ईटहरिस्थित पश्चिम लाईनको बिपी चोकमा स्थापना गरिएको उक्त मेकअप स्टुडियो आधुनिक शैलीमा तयार गरिएको छ । आफ्नो ग्राहकलाई खुशी पार्नको लागि ग्राहककै सल्लाह बमोजिम आफु यो व्यवसायलाई सबैमाझ भरपर्दो बनाउने पेस्कोकि संचालिका तामाङ बताउछिन ।

 

तपाईको प्रतिक्रिया

Loading…