पेन्सन बाढदै लर्ड बुद्ध सहकारी

पथरी / मोरङको पथरीशनिश्चरेमा रहेको लर्डबुद्ध सहकारी सस्थाले ७० बर्ष नाघेका आफ्ना सेयर सदस्यहरुलाई पेन्सन बितरण गर्ने गरेको छ । १ बर्ष अघि देखि सुरु भएको पेन्सन कार्यक्रम नेपालमै पहिलो पटक लर्ड बुद्ध सहकारी सस्थाको सुरु गरेको सस्थाको दाबि छ । सहकारीले ६१ बर्ष नलाघेका ब्याक्तीहरुलाई सेयर सदस्य खुल्ला गरेको र ९ बर्ष सम्म माषिक बचत गरी कारोवार गर्ने आफ्ना सेयर सदस्यहरु पेन्सन बितरण गर्न सुरु गरेको ब्यावस्थापक गणेश बाछान्ना राईले बताए ।

अब लर्ड बुद्ध सहकारीका कुनै पनि ज्येष्ट सेयर सदस्यले जिवनको उतराधमा कुनै पनि सानो तिनो खर्चकोलाई कसैको बाटो कुर्नु नपर्ने भएको छ । सहकारीले आफ्ना सेयर सदस्यको मन जित्न र भविष्यको साहार बन्न खोजेकाले सहकारीमा सेयर सदस्य बनेको चाम भएको ब्यावस्थापक राई बताउछन । जेष्ट सदस्य र आम सदस्यमा लोकप्रिय बन्नुको कारण छोरा छोरी र ज्येष्ट सदस्यहरुले चाहेको साना तिना आधारभुत आवस्यक्ता पुरा गर्न नसकी रहेको अवस्थामा लर्ड बुद्धले पुरा गरिदिएकाले लर्ड बुद्ध सहकारी छोरा छोरी जस्तै बनेको सचिव महेन्द्र ढुङगानाले बताउनु भयो ।

लर्ड बुद्ध सहकारीले गरेका कार्य सबैको नजरमा लोकप्रिय बन्दै आएको र ज्येष्ट सदस्यहरुको नजरमा त बुढेशकालको साहार टेक्ने लौलो भएको अध्यक्ष धनराज राईले बताउनु भयो । सस्थामा आबद्ध सेयर सदस्यले सन्तान भए पनि टाढा भएका र निसन्तान वृद्ध वृद्धाहरुले आफु छोरा छोरीबाट टाढा भएको कहित्यै महसुस गर्नु नपर्ने भएको छ । सस्थाले छोरा छोरी जस्तै जेष्ट तिर्थाटन, केक काटेर जन्म दिन मनाउने, बार्षिक सम्मान, १ प्रतिशत बढि ब्याज प्रदान, माषिक बचत मिनाह लगायत वृद्ध वृद्धाको लागि बर्षमा ८ ओटा कार्यक्रम चलाउदै आएको छ ।

संस्थाले ७० बर्षदेखि माथिका आफ्ना ११ जना ज्येष्ठ सेयर सदस्यहरुलाई माषिक ४ सयको दरले ३÷३ महिनामा १२ सय आजीवन भत्ता (पेन्सन) वितरण गर्दै आएको छ । हाल सस्थामा ११ जना ज्येष्ट सेयर सदस्यले २०७४ बैशाखदेखि पेन्सन पाउदै आएका छन । भने २०७६ साल बैशाखदेखि मासिक रु.६००।– का दरले प्राप्त गर्ने छन ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…