पाथिभरा आईपिएम कृषक पाठशाला अन्र्तगत १ लाख ३५ हजार रुपैयाको गोलभेडा उत्पादन

पाँचथर / कृषक दिवशको अवसर पारेर ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका वडा नम्बर २ थेचम्बुमा पाथिभरा आईपिएम कृषक पाठशालाको आइतबार समापन गरिएको छ ।
समापन समारोहलाई वोल्दै वक्ताहरुले अवको स्थानिय तहले कृषि क्षेत्र अन्र्तगत कृषक पाठशालालाई प्राथामिक्ता दिने बताएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिती ताप्लेजुङका प्रमुख धनेन्द्र मादेन,पाथिभरा याङवरक गाउँपालिका अध्यक्ष केशर कुमार सुब्बा,प्रमुख प्रशासकिय अधिकृत रमेश राई,वडा अध्यक्ष ज्ञान बहादुर दाहाल,कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख हर्षहाङ राई,नेपाल किसान समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेल,खेमाखाम युवा कृषक समूहका अध्यक्ष मेयरमान कार्की लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको थियो ।

आईपिएम कृषक पाठशाला अन्र्तगत गत ५ महिना अघि गोलभेडाको खेती गरिएको थियो । उक्त खेतीबाट अहिलेसम्म त्यस समूहका कृषकहरुले ६५ हजार रुपैया रकम आम्दानी गरेका छन् यस्तै अव ७० हजार रुपैया बरावरको गोलभेडा विक्री गर्न सक्ने बताइएको छ ।

तपाईको प्रतिक्रिया

Loading…